महानगरकी कर्मचारीसँग निर्माता किरणको ईन्गेजमेन्ट : केटी हिन्दु केटा ईसाई

काठमाण्डौँ । कान्तिपुर महानगरपालिका उर्फ काठमाण्डौँ महानगरकी कर्मचारी विजेता कार्कीसँग फिल्म निर्माता किरण नेपालीको बिहे हुने भएको छ ।

किरणले हिजो शुक्रबार विजेतासँग ईन्गेजमेन्ट गरेका हुन । विगत ३ बर्षदेखि प्रेममा रहेकका उनीहरुको बिहे आउँने असार २८ गते हुने बुझिएको छ । युवती ओखलढुंगाकी हुन । त्यही भएर किरणले ओखलढुंगा पुगेर विजेतासँग ईन्गेन्जमेन्ट गरेका थिए ।


गत बर्ष हात्तिछाप नामक फिल्म निर्माण गरेका किरण युवा निर्माताहरुको भिडमा जोशिला र फूर्तिला छन । उनले हात्तिछाप अघि दुई नम्बरी नामक फिल्म बनाएका थिए । एक त अन्तरजातिय विवाह दोश्रो धर्मका हिसावले पनि यो जोडीमा विविधता देखिएको छ । किरण ईसाई धर्म मान्दछन भने विजेता हिन्दु ।

यि दुईले हिजो ईन्जेगमेन्टमा पनि दुवैको धर्मलाई सम्मान गर्दै औँठी साटेका थिए । किरणले ईन्गेजमेन्टका तस्बिर आफ्नो फेसबुकको टाइमलाईनमा लेखेका छन । तिमी मेरो जीवनको यात्रा होइनौं सबै भन्दा शुन्दर गन्तव्य हौं।