अनिलको मिठो गीतमा मानवको गज्जवको काम

काठमाण्डौँ । फिल्म नगरीले खासै नपत्याए पनि बेला बेलामा उत्कृष्ट सृजनाहरु निकालि रहने मल्टी ट्यालेन्टेन्ड पर्सनालिटी मानव सुवेदीले अर्को एउटा सुन्दर भिडियो बनाएका छन ।

अनिल अधिकारीको भोकल लिरिक्स एवं कम्पोजमा बनेको नयाँ गीतको भिडियोमा मानवले स्टोरी टेलिङ, स्क्रिन प्ले,आर्टिष्ट सेलेक्सन, पर्फमेन्स, सिनेमाटोग्राफी, लोकेशन, कलर ग्रेडिङ एवं सवै पक्ष लगाएको सेन्स र निर्देशनमा उत्कृष्टता  देखिन्छ ।

निकै मिठा शब्द र स्वर रहेको गीत हेर्दा लाग्छ तपाईलाई आफ्नो बालापनको याद आउँछ । आफ्नो सवै भन्दा नजिकको साथीको सम्झना आउँछ । भिडियोको सुरुवातमै दुई साथी बनेर खेलेका विवेक खड्का र सुदीप पटेलको गरेको फोन सम्बाद अभिनयले तपाईको ध्यान पूर्ण खिचिदिन्छ ।

गीतका गायक अनिल त्यस्ता उम्दा श्रष्टा हुन जसका सृजना एवं कन्सेप्टमा संगीत साधक अमृत गुरुङको समेत ध्यान जान गरेको छ । अमृतले पाँच महिना अघि निकालेको नयाँ गीत पचाँसै बर्षमा अनिलले नै कन्सेप्ट्च्यूअल ईनपुट दिएका थिए ।

यता निर्देशक मानवको थप परिस्कृत परिचय भनेको हाल उनी लोकप्रिय अभिनेत्री सुरक्षा पन्तका श्रीमान पनि हुन ।

अभिनय देखि लिएर संगीत एवं भिडियो निर्देशनमा अब्बल काम देखाईरहने मानवलाई फिल्म नगरीले भने त्यति स्पेश नदिनु विडम्बना हो । किन कि उनी फिल्म निर्देशनमा उत्रिए भने नेपाली फिल्म नगरीले अर्को एउटा राम्रो फिल्म प्राप्त गर्ने थियो । हेर्नुस उनले बनाएको नयाँ गीतको भिडियो कति राम्रो छ ।

Leave a Reply