काठमाण्डौँ । अनमोल केसी त्यस्ता अभिनेता हुन जसका फिल्महरुको कन्टेन्ट बरु कमजोर भए होलान तर प्राविधिक पक्षको क्वालिटी सधै अब्बल हुने गर्दछ ।
जुन प्रकारको क्वालिटी अनमोलले फिल्मी बजारमा पस्किएका छन त्यही प्रकारको काम यिनका फिल्महरुमा निस्किने गर्दछन जसले गर्दा अनमोलका फिल्महरुको प्राविधिक पक्ष सधै अब्बल हुने गरेका छन ।
सोही अनुरुप आउँदो जेठ १० गते देखि प्रर्दशनमा आउँने अनमोल केसीको नयाँ फिल्म फर्की फर्कीले पनि आफ्नो क्वालिटी उच्च मेन्टेन गर्दै रिक्रिएट अडियोमा फिल्मका दृश्य संयोजन गर्दै भिडियो रिलिज गरेको हो ।
करिब ८ बर्ष अघि युवा पुस्ता माँझ निकै नै हिट भएको नरेन लिम्बु एकलको कम्पोज, लिरिक्स र भोकल रहेको अडियोलाई फर्की फर्की यूनिटले रिक्रिएट गर्दै फिल्ममा समावेश गरेको छ । सार्वजनिक भिडियोमा यो पूरानो रिक्रिएट भर्सन सहितको गीत अझै एभरग्रिन सुनिएको छ । विशेष गरी भिडियोको क्वालिटी मेन्टेन गर्न प्राविधिक पक्षमा निर्देशक सुयोग गुरुङ, सिनमाटोग्राफर नरेन्द्र मैनाली तथा साउन्ड डिजाईन अनि विटिएस टिमको काम लाई मुक्त कण्ठले प्रसंसा गर्ने ठाउँ देखिन्छ ।
सुयोग र नरेन्द्रले लाइटिङ र क्यामेरा वर्कको पार्टमा देखाएको जादु तारिफ योग्य छ । जस्तो कि मोबाईलको फोन नउठेपछि सँगै रहेको फोनबुथबाट अनमोलले हिरोइन जशितालाई कल गर्छन हिरोइनले फोन काटिदिन्छन त्यस पश्चात हिरोइन कारमा निस्किएर बाहिर जान्छिन , उनीहरुको देखादेख हुन्छ । पृष्ठभूमिमा सुरु देखिनै चलिरहेको थल्डर एण्ड लाईटिनिङ सहित हल्का पानी पर्न लागेको दृश्य संयोजन सहित कार पास हुँदा कारको ब्याक लाईट अर्थात रेड लाईट अनमोलको फेसबाट बल्दै निभेर गएको दृश्य साच्चिकै सर्वोत्कृष्ट छ । सम्पादनको पक्षमा पनि सुरुमा अनमोलले बाईकमै बसेर गरेको कल नउठेपछि पुन : कलात्मक तरिकाले फोनबुथ प्रयोग गरिएको जम्प सटलाई पनि प्रसंसा गर्दछौँ हामी ।
यि बाहेक गीतभरीमा संयोजन गरिएका अनेकन दृश्यहरु सुन्दर तरिकाले कैद गरिएका छन जसले अनमोलले खेल्ने फिल्मको दृश्यभाषा सधै बलियो हुन्छ है भनेर पुनः प्रमाणित गर्दै गएको छ । साथै यस पटक अनमोलले देखाएको एक्सप्रेशन हेर्दा जिन्दगीमै पहिलो पटक उनले अभिनयमा बाजी मार्लान जस्तो पनि देखिएको छ यो गीत हेर्दा अनि सार्वजनिक भईसकेको फिल्मको ट्रेलर हेर्दा । हेर्नुहोस गीत