काठमाण्डौँ । गत शुक्रबार देखि प्रर्दशनमा आएको केकी अधिकारीको फिल्म बोक्सीको घरले आज देशैभर आक्रमक ब्यापार गरेको छ । मे दिवसको अवसरमा आयोजित विदा अनि बुधबार टिकट दरमा पाईने छुटको अवसरसँगै फिल्मले बिहानै देखि आक्रमक व्यापार गरेको हो ।
बोक्सीको घरको आजको व्यापार ओपनिङ डे भन्दा ज्यादा हुने देखिएको छ । यसैगरी चलचित्र बिकास बोर्डका सदस्य समेत रहेका चितवनका चलचित्र पत्रकार रवि अधिकारीले यो बर्षको पहिलो सुपरहिट फिल्म बोक्सीको घर भयो भन्दै पटक पटक फेसबुकमा स्टेटस लेख्दै भनेका छन ‘केकी अधिकारीको फिल्म बोक्सीको घरले आज चितवनबाट १५ लाख माथिको कलेक्सन गर्ने देखियो । जय नेपाली सिनेमा ।’
त्यसैगरी नेपालगञ्जमा रहेका चलचित्र पत्रकार राम चन्द्र पौडेलले पनि ‘आज नेपालगन्जमा चलचित्र बोक्सीको घरका दर्शकबाट पुरै हल कब्जा हुने जस्तै देखियो । चलचित्रले पाएको सवै शो हाउसफल भएका छन’ भनेर लेखेका छन ।
त्यसैगरी फिल्म निर्माता एवं हल व्यवसायी प्रदीपकुमार उदयको बुटलवलमा रहेको द्धारिका सिनेमा पनि फिल्म हाउसफुल भएको छ । दिवा सोको स्क्रिन सट पठाउँदै उदयले भनेका छन निकै राम्रो सँग गईरहेको छ फिल्म ।
यसैगरी ईलाइट सिनेमा ईटहरीका सञ्चालक नवराज केसीले पनि बोक्सीको घरको ब्यापार आज बिहानै देखि बबाल रहेको बताएका छन । उनले भनेका छन ‘आज ६ वटै सो हाउसफूल हुने भयो ।’ यसैगरी धरानमा रहेको एक मात्र सिनेमा हल फ्रेन्डस सिनेमामा पनि बिहानै देखि दर्शकको चाप उच्च रहेको त्यहाँका मेनेजर सन्देश घिमिरेले जानकारी दिएका छन । सन्देश भन्छन ‘सर आज ५ वटा सो हाउसफुल भयो ।’
यसैगरी विराटनगरमा रहेका पत्रकार विकल श्रेष्ठले पनि बोक्सीको घरले विराटनगरमा तीन वटा थिएटरमा आक्रमक व्यापार गरेको बताएका छन । उनी भन्छन ‘शुक्रबार , शनिबार र आईतबार कमजोर व्यापार थियो यहाँ तर सोमबारपछि फिल्मले पिकअप लियो, हिजो मंगलबार र आज पूरै हाउसफूल व्यापार गरिरहेको छ फिल्मले ।’
त्यसैगरी विर्तामोडको क्यूएफएक्स वान स्टपका मेनेजर केदार बस्नेतले भनेका छन ११ वटा सो नै हाउसफूल भएका हुने संकेत देखिएको छ । उनले भनेका छन । बिहान ९ बजे को सोमा अलिकम हाउसफुल भयो बाँकी सवै सोमा मारामार छन दर्शक ।
बोक्सीको घरले हिजो मंगलबार पाँचौ दिनमा आईपुग्दा ३ करोड ८० लाख बराबरको कुल कारोबार गरेको छ भने आज मात्र पुग नपुग डेढ करोडको हाराहारीमा कारोबार गर्दै आफ्नो ब्यापार ५ करोड ३० लाख पुर्याउने आँकडा देखाएको छ ।