काठमाण्डौँ । आज भन्दा ८ बर्ष अघिको एउटा लोकप्रिय गीत सम्झाउँन चाहन्छु तपाईहरुलाई । गीत थियो ‘सुन साइँली साइँली, परदेशबाट म आउँला।।। चालीस कटेसी रमाउँला’ त्यतिबेला यो गीत कति हिट भयो भनेर हामीले यहाँ फूल पर्दैन जस्ट सम्झाएको मात्र हुँ तपाईहरुलाई । तर सम्झिनु पर्ने कुरा चाँहि के हो भने गीत हिट हुँदा पनि रचनाकारको भने खासै चर्चा भएन त्यो बेला । केही मिडियामा उनको नाम चुस्स त आयो तर धेरै जसो मिडियाले उनको सृजनाको चर्चा भन्दा पनि गीतको भिडियोमा देखिएका मोडल मेनुका प्रधान र गौरव पहारीको ज्यादा चर्चा गरे ।
कालीप्रसाद बासकोटाको संगीतमा हेमन्त रानाले गाएको सुन साइँली गीतका रचनाकार थिए हिमाल साउद जो यति खेर हर्क साउदका नामले स्थापित हुँदैछन । माओवादी द्धन्दकालमा परिवर्तन गरिएको नाम हिमाल राखेर उनी त्यतिखेर हिडेतापनि हाल उनले आफ्नो वास्तविक नाम हर्क रहेको बताउँदै आएका छन र त्यही नाम आफ्ना सृजनामा उल्लेख पनि गर्न थालेका छन । जसलाई हाल नेपाली संगीतको बजारमा ज्यादा खोजिएको मात्र छैन फिल्म नगरीले पनि उनको डिमान्ड ज्यादा गरिरहेको छ यतिखेर ।
हर्क त्यस्तो सिद्धहस्त रचनाकार हुन जो संग फूलबुट्टा भरिएको शब्दका खानी टन्न छन भन्दा फरक पर्दैन । गायक सुजन चापागाईले आर्टमान्डू सिनेमाबाट निकालिरहने प्राय सवै हिट गीतका रचनाकार हर्क नै हुन । उनले आर्टमान्डूले बनाउँन लागेको पहिलो फिल्म उनको स्वीटरमा रचना गरेको शीर्ष गीत बल्कबष्टर भईसकेको छ भने आउँने शुक्रबार रिलिज हुन लागेको मनसारा फिल्ममा दुई वटा गीत लेखेका छन । जस मध्ये एउटा मन छुने गीत गत सोमबार सार्वजनिक भएर निकै राम्रो रेस्पोन्स पाईरहेको छ । ( गीत हेर्नुस )
यो बाहेक आउँने जेठ १० गते रिलिज हुने पुजार सार्कीको कौडा गीतका रचनाकार पनि उनै हुन भने असार २८ गते देखि रिलिज हुन लागेको दयाहाङ र मिरुना मगरको फिल्म घर ज्वाइँमा पनि एउटा गीत लेखेका छन उनले ।
त्यसैगरी केही दिन पछि अमेरिकाको मेरिल्याण्ड राज्यबाट फ्लोरमा जान लागेको विपिन कार्की, गौरी मल्ल र बर्षा राउतको फिल्म तेल भिसामा पनि उनले एउटा गीत रचना गरिसकेका छन भने अन्य ४ वटा फिल्ममा उनले गीत रचना गरिरहेका छन यो समय ।