पुजार सार्कीको नयाँ गीतमा पावरफूल दृश्य : अडियो पनि सुन्दर

काठमाण्डौँ । यस अघि सार्वजनिक गरिएको कौडा गीतको कोरियोग्राफी माथि उब्जिएका अनेक असन्तुष्टीलाई भूलाउँने गरी पुजार सार्कीको दोश्रो गीत सार्वजनिक भएको छ ।

फिल्मको थिम प्रेजेन्ट गरिएको गीतको दृश्य जति हेर्यो उति राम्रो लाग्ने गरि संयोजन गरिएको छ । अझ क्लाईमेक्समा पुग्दा यस्तो लाग्छ कि पूरा फिल्मनै हेरियो गीतमा । तीन सुपरस्टार आर्यन सिग्देल, पल शाह र प्रदीप खड्काको फरक लुक्सका साथ उनीहरुको हाउ भाउले दर्शकलाई एउटा अग्रयानिक टेष्ट दिएको छ । हिरोइन अञ्जना बराईली र परीक्षा लिम्बुले तारिफ योग्य एक्सप्रेशन दिएका छन ।

फिल्मका निर्देशक दिनेश राउतका मिठा शब्द संकलनमा निर्माता समेत रहेका संगीतकार सुवास भुषालले गायक –गायिका देवेन्द्र बराल र मिना ठटाललाई पर्फेक्ट वेमा गीत गाउँन लगाएका छन ।

आगामी जेठ १० गते बिहिबार बुद्ध जयन्तीका दिन प्रर्दशनमा आउँन लागेको यो फिल्मा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारहरुको पर्फमेन्स देख्न सकिन्छ । हेर्नुस गीत