पूजाको जन्मदिनमा दान्भीको स्मार्ट मुभ

काठमाण्डौँ ।  अभिनेत्री पूजा शर्मा जन्मदिनको अवसरमा फिल्म दान्भीले स्मार्ट मुभ गरेको छ ।

कुरा काट्ने, उचाल्ने र गसिप क्रिएट गर्नेहरुले यो मुभ लाई पूजा डराएर भागिन, कुलेलाम ठोकिन भन्ने शब्द प्रहार पनि गर्लान तर फिल्म नगरीमा जो स्थापित भईरहन चाहन्छ त्यस्ता मेकरले स्मार्ट मुभ गर्नुनै सवै भन्दा बुद्धीमानि निर्णय हो र उ नै विद्धान हो भन्दा फरक पर्दैन ।

किन कि फिल्ममेकरहरु बाहिर हेर्दा मात्र स्र्माट देखिएर हुँदैन चरित्र , राजनीति र कुटनीति लगायतका धेरै कुराहरुमा उसको स्मार्टपन देखिएमा मात्र उ पूर्ण फिल्ममेकर बन्दछ र फिल्म नगरीमा टिकिरहन सक्छ । खैर, पूजाको दान्भी भन्ने फिल्म जेठ १० गते रिलिज हुने कुरा थियो तर यो मितिमा एक सुपार स्टार अनमोल केसीको फर्की फर्की र तीन स्टार आर्यन,पल र प्रदीपको फिल्म पूजार सार्की पनि थपिएपछि पूजाको फिल्म दान्भी प्रोडक्सन टिमले आफ्नो रिलिज मिति परिवर्तन गरिदिएर असार ७ गते लाई तय गरिदिएको हो ।


यूनिटले ४ सुपरस्टारका २ फिल्मसँग नभिडेर यसरी गरेको स्मार्ट मुभ हुल मुलमा जिउ जोगाउनु र अनिकालमा विउ जोगाउनु भन्ने उखानसँग ठयाक्कै मिल्दछ । जसले हुलमुलबाट ज्यान जोगायो उसले ज्यान बचायो ।
अर्थात निकै ठूलो हाईप बनाईरहेका दुई फिल्मसँग नजुधेर दान्भीले स्मार्ट मुभको निर्णय गर्दा व्यापार मात्र जोगिने हैन अभिनेत्री पूजा शर्मा, यसै फिल्मबाट डेब्यू गर्न लागेका मोडल कुन्साङ बमजन, निर्देशक रुपेश तामाङ लगायत प्रोडक्सन टिमको केही न केही भएपनि साख भने अवश्य जोगाउने छ ।