काठमाण्डौँ । बिगत तीन बर्ष देखि आयोजना हुँदै आएको नेपालकै सबै भन्दा अनुकरणीय फिल्म फेस्टिभल ग्रामिण चलचित्र महोत्सवमा चलचित्र पत्रकार लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेबीले बेस्ट स्कृनप्ले सहित बेस्ट फिल्मको अवार्ड पाएको छ । यहि फिल्मबाट अभिनेत्री मलिका महतको पर्फमेन्सले जुरीको मन जितेपछि उनका नाममा बेष्ट एक्ट्रेश जुरी मेन्सन अवार्ड पनि दिईएको छ ।
यसैगरी मुख्य अभिनेत्रीतर्फको प्रतिस्पर्धामा दिमाग खराब बाट स्वस्तिमा खडका सर्वोत्कृष्ट भएकी छिन भने यही फिल्म बाट निर्देशक तर्फको बेस्ट डाइरेक्टर अवार्ड निश्चल बस्नेतको नाममा घोषणा गरियो । रंग संयोजनमा पनि ’दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए ।
बैशाख ६ देखि ८ सम्म रामेछापमा चलेको फेस्टिभलमा सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ’विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको ’मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ’माराङ’ले बाजी मार्यो।
यस्तै, दिमाग खराब बनाउँने प्रोडक्सन कम्पनी सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो । चलचित्र पत्रकार संघका हालका महासचिव रघुनाथ सापकोटाको एकल प्रयाशसमा बर्षेनि आयोजना हुँदै गरेको यो फेस्टिभल राज्य र फिल्म मेकर्सहरुबाट सवै भन्दा धेरै प्रोत्साहित गर्नुपर्ने अवार्ड हो जसले ग्रामिण क्षेत्रका गाउँ गाउँ पुगेर नेपाली फिल्म हेर्नु पर्छ है भन्ने कल्चरलाई स्थापित गराउँदैछ तर यो फेस्टिभललाई लिएर फिल्ममेकर्सहरुबाट सोचे जस्तो सपोर्ट भने देखिएको छैन । अवार्ड जित्दा समेत आफ्ना सहायकहरुलाई पठाउँने गर्दछन फिल्ममेकर्स ।