मिस नेपाल नर्थ अमेरिकामा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने : आवेदन खुल्यो

काठमाण्डौँ । विगत पाँच संस्करण देखि भब्यताका साथ अमेरिकाको सवै भन्दा प्रतिष्ठीत शहर न्यूयोर्कमा आयोजना हुदै आएको मिस नेपाल नर्थ अमेरिकाको छैठौं संस्करणमा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने भएका छन ।

ईभेन्ट आयोजक कम्पनी ड्रीम्स युनिभर्सल एल.एल.सीका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार विगतका बर्षहरुमा भन्दा यसपालि अझ प्राथामिकताका साथ ट्रान्स वुमनहरुको मनोबाल बढाउनका लागि हामीले यो कुरालाई थप प्रायोरिटी दिन लागेका हौँ । श्रेष्ठका अनुसार कार्यक्रमको फिनाले अगष्ट ३ तारिख (नेपाली मिति श्रावण १९ गते ) लाई लक्षित गर्दै शनिबारबाट लागु हुने गरी आवदेन खुल्ला गरिएको छ ।


क्यानेडामा बसोबास गर्ने नेपाली युवतीहरुले समेत सहभागिता जनाउन सक्ने यस ईभेन्टमा भाग लिनका लागि एप्लिकेशनको डेडलाईन मे ३१ (जेठ १८ ) तय गरिएको छ । नेपालमा बर्षेनि हुँदै आएको मिस नेपाल प्याजेन्टसँग सिधा जोडिएको यो प्याजेन्टमा विजयी हुनेले आगमी बर्ष २०२५ मा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सिधा सहभागिता जनाउँन पाउँने छन भने नेपाल टूरिजम बोर्डबाट गुडविल एम्बेसडर समेत हुन पाउँने छन ।

 

बर्षेनि लोकप्रिय सेलिब्रेटीहरु उतारे आयोजना हुँदै आएको यो ईभेन्टमा यस पटक अभिनेत्रीद्धय आँचल शर्मा, नीति शाह, अभिनेता अनुप विक्रम शाही मेन्टर गेष्ट बनेर सहभागि हुँदैछन भने सन २०१० की मिस नेपाल विजेता एवं हालकी सञ्चारकर्मी सदीक्षा श्रेष्ठले कोरियोग्राफरका भूमिका निर्वाह गर्नेछिन । आयोजक प्रमुख श्रेष्ठका अनुसार विगतका कार्यक्रममा भन्दा यसपालिका कार्यक्रममा दर्जन बढी लोकप्रिय सेलिब्रेटीको उपस्थिती गराईनेछ ।