सेभेन सिजले लुकाएको विजय बरालको एउटा सिक्रेट यस्तो

काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय प्रर्दशनमा निकै सफलता हासिल गरिरहेको कम्पनी सेभेन सिज ईन्टरटेन्मेन्टले पनि फिल्म निर्माणमा हात हाल्ने चर्चा चौतर्फी छ ।

कम्पनीले पूर्ण बहादुरको सारंगी नामक फिल्म बनाउँन लागेको चर्चाका बीच मोसन पोष्टर सार्वजनिक गरिसक्दा समेत धेरैले ध्यान नदिएको एउटा सिक्रेट हामी खोल्दैछौँ आज । मोसन पोष्टरमा ध्यान दिएर आवाज सुन्नु भयो भने तपाईले बाबु छोराको एउटा मिठो संवाद सुन्न सक्नु हुन्छ । बच्चाको आवाज कसको हो त्यो भने नोटिस गर्न सकिएको छैन तर बा को चरित्र निभाएका ब्यक्तिको अवाज ध्यान दिएर सुन्नु भयो भने तपाईले त्यो अवाज विजय बरालको हो भनेर आफै चिन्नु हुन्छ ।

सार्वजनिक मोसन पोष्टरमा समावेश संवादमा छोराले बुवालाई भन्छ ए , बा,…जवाफमा बुवा भन्छन , है , फेरी छोराले प्रश्न गर्छ तिमिले मलाई सधै किन काधेकुरी बोकेर हिड्छौँ ? बुवाले ठूलो स्वाश तान्दै भन्छन .. किन भने नि , म भन्दा ठूलो मान्छे होलास मैले भन्दा पर सम्म देख्लाश भनेर । हो यहि आवाज विजय बरालको हो जसलाई सेभेन सिजले लिड रोलमा डेब्यू गराउँदैछ भनेर सजिलै अनुमान गर्न सकिन्छ । विलगेटस् पण्डित, मितज्यू, एन्टिगोनी, सकेको तिरौला नत्र फिरिमा जस्ता केही नाटकहरुमा मुख्य चरिचत्र निर्वाह गरिसकेका बरालले छड्के फिल्मबाट फिल्मी अभिनय सुरु गरेका थिए जो पछिल्लो समय रिलिज भएका अधिकाँश फिल्ममा सहायक भूमिकामा गतिलो प्रस्तुती सहित देखिने गरेका छन ।

पूर्ण बहादुरको सारंगी लाई सरोज पौडेलले निर्देशन गर्दैछन जसले यस अघि वेल कम टू हेम्जाकोट नामक फिल्म बनाएका थिए । आउँदो असार सम्ममा फ्लोरमा जाने फिल्मको यतिखेर महेश दवाडीको सक्रियतामा स्क्रिप्ट फाईनल गर्ने कार्य गर्दैछन निर्माताहरु प्याट्रिक सुवेदी, विनोद पौडेल, रमेश चौलागाई र हरि श्रेष्ठले ।