रोहितले सार्वजनिक गरे दीपिकाको लुक्स

काठमाडौं । बलिउड फिल्ममा यो वर्षको सवैभन्दा प्रतिक्षित फिल्म हो ‘सिंगम अगेन’ । यो फिल्ममा बलिउडका अधिकांश नाम चलेका कलाकार निर्देशक रोहित सेट्टीले अभिनय गराएका छन् । यो बलिउडको एक मात्र युनिभर्स फिल्म हो ।

यो फिल्ममा अजय देवगण, अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।  फिल्म १५ अगष्टबाट प्रदर्शनमा आउने भनिए पनि दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ पनि सोही मितिमा आउने भएपछि पोष्टपोन्ड भएको चर्चा छ ।

यसैबीच निर्देशक रोहित सेट्टीले अभिनेत्री दीपिका पादुकोणको लुक्स सार्वजनिक गरेका छन् । फिल्मबाट दीपिकाको लुक्स सार्वजनिक भएसँगै चर्चामा आएको छ । त्यसमाथि फिल्मका निर्देशकले नै मेरो हिरो ‘लेडी सिंगम’ भनेपछि यो फिल्मको चर्चा चुलिएको छ ।

सार्वजनिक फोटोमा दीपिका पुलिस वर्दीमा सिंगमवाला चश्मामा देखिएकी छन् । जसको अहिले समाजिक सञ्जालमा निकै चर्चा भैरहेको छ । बलिउड मिडियाका अनुसार दीपिका फिल्ममा शक्ति सेट्टी नामकी पुलिस अफिसरको भुमिकामा देखिने छिन् ।

Leave a Reply