प्रकाश सपूत र हर्कको सहरामा निक्लियो यस्तो
काठमाण्डौँ । आगामी जेठ १० गते फिल्म हलमा एक स्टार भर्सेज ३ स्टारको महाभिडन्त हुँदैछ । एक स्टार अनमोल केसी र तीन स्टार भनेका आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह हुन ।
जेठको महिना उसैत गर्मी अनि गरमगर्माहठ यी दुई फिल्मका भिडन्त त्यतिकै रोचक पनि बनिरहेको छ यतिखेर । बक्स अफिसमा नतिजा के आउँला कस्तो आउँला त्यो पछिको कुरा तर यहाँ त ताउ लगाउने जुगाँको मात्र सवाल छैन बेईज्जीतको दाउ लगाईदिने सवालहरु पनि त्यतिकै नउठ्लान भन्न सकिदैन । किन कि यो फिल्म नगरी हो यहाँ क्रिएटिभिटीको चर्चा भन्दा पनि ब्यापारको चर्चा हुन्छ । ब्यापार धेरै गरे राम्रो फिल्म नगरे झुर । अरु मिहिनेतको त कुरै छैन ।
अब पूजार सार्कीको गीतको कुरा गरौँ । पूजार सार्की यस्तो सब्जेक्टको फिल्म निस्किदैछ जसले कास्कीमा घटेको एक रियल स्टोरीलाई उठान गर्दैछ । फिल्मको टिजरले एउटा राम्रै रिजल्ट दिईसकेको छ ।
सुवास भूषालको संगीतमा फिल्मको करिब १० मिनेट लामो गीत पनि सार्वजनिक भईसकेको छ । हर्क साउद जस्ता क्षमतावान लिरिशिष्टले रचना गरेको कौडा गीतमा प्रकाश सपूत र शान्तिश्री परियार जस्ता धुरन्धर गायक गायिकाले आवाज भरेका छन । गीत सुन्दा कौडा प्यार्टनको छ । तर फिल्मी गीत सुन्न बानिपरेकाहरुका लागि यो गीतले बाध्न र ध्यान खिच्न समय लगाउँछ । गीत चल्दैन भनेर आत्तिहाल्नु पर्ने अवस्था छैन । ढिला आउँछ तर कडा आउँछ रिजल्ट ।
गीतमा तीन स्टार र दुई नव हिरोइन अन्जना बराईली र परीक्षा लिम्बु फिचर्ड छन । उनीहरुको पर्फमेन्स र एक्सप्रेशसन हिरोहरुको भन्दा राम्रो देखिएको छ । तर विडम्बना भिजुअलाईजेशनको पाटोमा ग्ल्शी पन नपुग्दा कोरियोग्राफर शिशिर खातीको कोरियोग्राफीमा नुन नपुगेको हो कि बेसार अलि ठम्याउन गार्हो भईरहेको छ । गीतको सुरुवाती चरणमा पल शाहलाई कोरस झै उतारेको शैलीले पनि केही फिक्का पन महशुस गराईदिएको छ ।
धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पार्दा समेत फिक्का देखिन्छ । पहिरन सँगै प्रप्सहरुसँग अझ खेलेको भए गीत थप राम्रो देखिने थियो तर कोरियोग्राफरलाई प्रोडक्सन टिमले प्रप्स दिन रोक्यो वा कारण के हो ? हामी प्रश्न गर्न चाहन्छौँ । ब्यूटि कहाँ हरायो गीतको ? अनि प्रश्न छ फिल्मका निर्देशकलाई पनि जसले यस अघि बनाएका नोभेम्बर रेन, क्लासिक, पर्व जस्ता फिल्ममा आफ्ना गीतलाई कुन लेभलमा उतार्न मिहिनेत गरेका थिए ? खैत ? फर्केर हेरौत आफ्नै गीत