बक्स अफिशमा महाजात्रा बल्कबष्टर : निर्माता भन्दा निर्देशकलाई बढी फाईदा

काठमाण्डौँ ।  गत चैत्र ९ गते देखि प्रर्दशनमा आएको फिल्म महाजात्राले एक महिनामा करिब १६ करोडको कारोबार गरेको छ ।

घरेलु थिएटरका झण्डै डेढ सय फिल्म हलबाट १५ करोड ९० लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । यो आकडा बैशाख ६ गते सम्म रहेको प्रोड्यूसर दिपेश खत्रीले जनाएका छन । उनका अनुसार नेपाल बाहेक वर्ल्ड वाईड १० करोड ७५ बरारबको ब्यापार फिल्मले गरेको छ ।

डाष्यपोरा कलेक्सन र  घरेलु कलेक्सन  जोड्दा महाजात्राको हाल सम्मको कूल कलेक्सन २६ करोड ६५ लाख हुन आउँछ । साढे तीन करोड लागतमा निर्मित फिल्ममा निर्देशक प्रदीप भट्टराईको हिस्सा ५० प्रतिशत रहेको हुँदा यो फिल्मबाट मुख्य निर्माताहरुलाई भन्दा बढी नाफा निर्देशकको पोल्टोमा पर्ने देखिन्छ ।

फिल्मबाट प्रदीप भट्टराईले ५० प्रतिशत नाफा लाने र बाँकीको ५० प्रतिशतबाट तीन निर्माता म्याक्स दिपेश खत्री, रविन्द्र सिंह बानिया तथा यादव पौडेल सहित अभिनेता हरिबंश आचार्यले शेयर हिस्सा प्राप्त गर्दैछन ।