सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक

काठमाडौं। किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा। त्रिशला गुरुङले पनि स्वर दिएकी छन्। यस म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भीर बिस्टले गरेका छन्। कथा गायक तिम्सिनाले नै लेखेका छन्।

यस म्युजिकल ड्रामामा एकतर्फी प्रेममा रहेकी युवतीको कथा प्रस्तुत गरिएको छ। यसमा सागर लम्साल र कुसुम शर्माको प्रमुख अभिनय रहेको छ। उनीहरूसँगै गणेश बहादुर विष्ट, ज्ञानी देवी विष्ट, सम्झना पोखरेल, प्रभात ओझा, पुनम बस्नेत, अनिशा, खड्की, एलेन घिमिरे, दिनेश राउत, निर्मल जङ्ग कठायत, शर्मिला महत, सञ्जना माझी र रेणु न्यौपानेको पनि अभिनय रहेको छ। हेर्नुस गीत 

https://youtu.be/4JKjdY3HWuU?si=jTSZsBkpnY5mgUaY

 

 

Leave a Reply