आशा जगाउने अनमोलको फर्कि फर्कि ट्रेलर : टाइम ट्राभलमा यस्तो कथा

काठमाण्डौँ । टाइम ट्राभलको फेन्टासी स्टोरी र उच्च क्वालिटीको मेकिङ्गका साथ अनमोल केसीको नयाँ फिल्म फर्की फर्की ट्रेलर रिलिज भएको छ ।

बिहिबार दिउँसो सार्वजनिक फिल्मको ट्रेलर हेर्दै जादा फिल्ममा ध्यान खिच्ने एलिमेन्ट्सहरु धेरै रहेको अनुमान गर्न सकिन्छ । सुयोग गुरुङ लेखन तथा निर्देशनमा बनेको फिल्मले अनमोलको डुबेको करिअर मात्र हैन बक्स अफिशको नतिजा समेत उकास्ने आधार देखाउँछ ।

जेठ १० गते अरु तीन स्टारहरुको आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाहको संयुक्त फिल्म पुजार सार्की सँगै प्रर्दशनको दौडमा रहेको यो फिल्मलाई रोहित अधिकारी एवं टिमले निर्माण गरेका हुन ।  फिल्मको छायाँकार नरेन्द्र मैनालीले हुन जो पछिल्लो समय ठूला ठूला फिल्म खिच्न ब्यस्त छन ।

फिल्ममा अनमोलको अपोजिट जशिता गुरुङ देखिएकी छिन भने रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।

हेर्नुस ट्रेलर