मनसाराको ट्रेलरले मन जित्ला ?

काठमाण्डौँ । कबड्डी सिरिजका लेखक तथा बल्कबष्टर फिल्म जारी फिल्मका निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशनमा बनेको फिल्म मनसाराको ट्रेलर रिलिज भएको छ ।

चार मिनेट लामो ट्रेलरमा अन्तरजातिय प्रेम तथा निसन्तानको कथालाई देखाईएको छ । मिरुना मगर, मेनुका प्रधान , प्रविण खतिवडा तथा दयाहाङ राई मुख्य भूमिकामा रहेको यस फिल्ममा प्रविणको लिम्बुनी मिरुनासँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस गरेको छ । ट्रेलरमा दयाको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ ।

गत बर्ष सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ फिल्मबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ । ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो ।अब हेरु मनसराको ट्रेलरको कतिको मन जित्ने हो अनि फिल्मले कस्तो ब्यापार गर्ने हो ? हेर्नुस ट्रेलर