काठमाडौं। वर्ष २०८१ को लागि सर्वाधिक प्रतिक्षित मध्येको एक फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ।
आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यस फिल्मको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ। फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन । हेर्नुहोस टिजर
News Filmy Newsportal / Nepal