कलाकारहरु कोही विरामी कोही घाइते, कोहीको घरबार विग्रियो

काठमाण्डौँ । २०८० साल सकिनै लाग्दा विभिन्न कलाकाकर्मीहरुको जिवनमा उतारचढाव आएको छ ।

केही कलाकार विरामी भएका छन भने कोही दुर्घटनामा परेर घाईते भएका छन भने केहीको डिभोर्स समेत भएको छ ।

डिभोर्स हुनेको लिष्टमा गायकद्धय राजेश पायल राई र निशान भट्टराई छन । यि दुवैको केही समय अघि औपचारिक रुपमा डिभोर्स भए पनि समाचार भने केही दिन अघि मात्र सार्वजनिक भएको हो ।
आफू भन्दा निकै कम उमेरकी युवतीसँग विवाह गरेका राजेश पायलको एक छोरा पनि छन जो भर्खरै २ बर्षको भए भने निशानको विवाहको छ महिना देखिनै सुरु भएको मनमुटावले डिभोर्सको परिणाम ल्याएको हो । राजेशले डिभोर्स वापत श्रीमती साङबुङ राईलाई काठमाण्डौको नक्सलमा रहेको करिब ५ करोड बराबरको घर, ५० लाख नगद र छोरालाई मासिक १५ हजार दिने प्रतिबद्धता सहित डिभोर्स गरेका हुन भने निशानले श्रीमतीलाई डिभोर्स बापत केही दिन परेन । उनीहरु दुवैले संयुक्त रुपमा डिभोर्स फायल दर्ता गरेका थिए । समाचार अनुसार यो बर्षको अन्त्य गायक रवि ओड माथि पनि देखियो । उनलाई आफ्नै श्रीमतीले बैवाहिक बलात्कारको मुद्धा हालेपछि यो जोडीको सम्बन्ध पनि धमिलिने निश्चित प्राय भएको छ ।

यसैगरी यो बर्षको अन्तिम साता कलाकार कोपिला थापा भारतमा गाडी दुर्घटनामा परेर गम्भीर घाईते भईन । दर्जनौ टेलिसिरियल तथा फिल्मकी अभिनेत्री कोपिलाले पछिल्लो बर्ष महापुरुष फिल्ममा मदनकृष्ण श्रेष्ठको श्रीमती बनेर अभिनय गरेकी थिईन । उनी अभिनेत्री रेखा थापाकी ठूली आमाकी छोरी हुन जो रेखाको दिदी पर्दछिन नाताले ।

यसैगरी अर्की अभिनेत्री पूजा शर्माको एपेन्डिस्कको अपरेसन गर्नु परेपछि उनी पनि हस्पिटलमा छिन । उनले आफू विरामी भए पश्चात गरिएको सफल अपरेसनको अपडेट दिदै आफू स्वास्थ लाभ गरिरहेको तस्बिर आफैले फेसबुकमा पोष्ट गरेकी थिईन ।

यसैगरी १२ बर्ष अघि कार दुर्घटनामा परेका प्रसिद्ध क्यामेरापर्सन पुरुषोत्तम मान प्रधान पुनः सवारी दुर्घटनामा परेका छन । उनी गत विहिबार दिउँसो तिनकुनेमा पठाओ बाईकमा सवार भईरहदा दुर्घटनामा परेका थिए ।

Leave a Reply