काठमाण्डौँ । मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पञ्चामृत’मा मुख्य हिरोइन फाइनलभएको छ ।
प्राप्त जानकारी अनुसार निर्देशक ढकालले क्यारेक्टर सेटिङ अनुरुप अभिनेत्री आँचल शर्मालाई धीरज मगरसँग जोडि बाधिने गरी फाईनल डिसिजन गरेका हुन । फिल्ममा सौगात मल्ल यस अघिनै फाइनल भइसकेका छन । जो अर्को प्रमुख रोलमा देखिनेछन ।
भदौ तेश्रो हप्ता देखि फ्लोरमा जाने यस फिल्ममा निरुता सिंह, विपना थापा, उत्तम प्रधान जस्ता लिजेन्ड कलाकारहरु खेल्दैछन ।
दुई सिरिजमा बन्न लागेको पञ्चामृतको केही प्रतिशत छायाँकन यूरोपका देशहरुमा पनि हुने छ । डिओपी भने अहिले सम्म फाइनल भईसकेको छैन । तर बुझिए अनुसार राजेश श्रेष्ठ वा सञ्जय लामा मध्ये जसको समय मिल्छ उसै बाट फिल्मको छायाँकन गराउँने तयारीमा निर्देशक ढकाल छन ।
पञ्चामृतका निर्देशक मुस्कान ढकाल नेपाली फिल्म नगरीका त्यस्ता संघर्षशील निर्देशक हुन जसले दर्जनौ फिल्ममा मुख्य सहायक निर्देशक भई नाईँ नभन्नू ल ३ फिल्मबाट फिल्म निर्देशनमा डेब्यू गरेका थिए ।
प्राविधिक दृष्टीकोणले अब्बल निर्देशन क्षमता राख्ने मुस्कानले नाईँ नभन्नू ल ३ पश्चात समर लभ नामक अर्को फिल्म पनि निर्देशन गरेका छन ।