“जय हो”को रोमान्टिक नम्बरको डान्सिङ गीत रिलिज : अर्पण थापा फ्रेममा

काठमाण्डौँ ।  शोभित बस्नेतको निर्माणमा बनेको फिल्म ‘जय हो ‘ को गीत रिलिज भएको छ ।

सोमबार काठमाण्डौँको न्यूरोड स्थित रञ्जना सिनेप्लेक्समा फिल्मका संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यतामा गीत रिलिज गरिएको थियो । गीत रिलिज अघि अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतले प्रत्यक्ष नाचेर मिडियाको ध्यान खिचेका थिए ।

भदौ ८ गते देखि प्रर्दशनमा आउने जय हो गीत रिलिज कार्यक्रममा शोभित बस्नेतले बनाएको पहिलो फिल्म राजकुमार देखि अहिलेको जय हो सम्ममा सवै फिल्ममा आफूले संगीत दिएको भन्दै संगीतकार शम्भूजीत बासकोटाले यस फिल्ममा समावेश गीत आफ्नो करिअरको ३ सय ६८ औँ फिल्ममा पर्ने बताए । उनले यस गीतको शब्द पनि आफैले कोरेका हुन । सार्वजनिक गीतमा शम्भूजीतको आफ्नै कलर देखिन्छ । टन्नै बाजा गाजा सहित उत्कृष्ट एरेन्ज सहित तयार भएको गीत रोमान्टिक नम्बरको डान्स गर्ने खालको बनेको छ ।

गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन । कोरियोग्राफी तर्फ क्यानभास अझै रिच भईदिएको भए यो गीत एक हद सम्म अझ राम्रो बन्ने थियो ।  अस्मिता अधिकारी र सुरेश लिम्बुको स्वरमा बनेको गीतमा निशा अधिकारी, माओत्सो गुरुङ, केकी अधिकारी सलोन बस्नेत सहित अर्पण थापा फिर्चड छन । अर्पणले झन्डै तीन दर्जन जति फिल्म खेल्न लाग्दा पहिलो पटक गीतको सिक्वेन्समा फ्रेम शेयर गरेका छन ।

टेक पौरखी राईलाई निर्देशन अभिभारा दिएर बनेको यस फिल्मको निर्माणमा आफ्नो कुनै पनि हस्तक्षेप नरहेको शोभित बस्नेतले कार्यक्रममा दावी गरेका छन । हेर्नुहोस गीत