कान्तिपुरले बन्द गर्यो सन्दीपको ह्वाट द फल्प

काठमाण्डौँ ।  अभिनेता पल शाहसँग लिएको अन्र्तवार्ता विवादित बनेपछि पनि अर्को एपिसोड छायाँकन भएर प्रसारित भएको कार्यक्रम ह्वाट द फल्प पूर्ण रुपमा बन्द भएको छ ।

केही बेर अघि कान्तिपुर टिभीले आफ्नो फेसबुक पेजमा एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा समेत पूर्णत  रोक लगाएको जानकारी दिएको हो । प्रेस नोटमा लेखिएको ‘छ गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।’

सन्दीप क्षेत्रीले लामो समय देखि कान्तिपुर टिभिमा चलाउँदै आएको ह्वाट द फल्पको नयाँ सिजन सुरज सिहं ठकुरीले कान्तिपुर छाड्नु अघि चलाउँदै आएको ईट्स माई सोको सेटमा खिच्न थालेका थिए ।

सन्दीपले नयाँ सिजनको पहिलो गेष्ट बनाएर महानायक राजेश हमालको अन्र्तवार्ता गरेका थिए भने त्यस पश्चात नेपाली काँग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्मासँग, त्यसैगरी हाँस्य अभिनेता जीतु नेपाल तथा सुजन चापागाई सँग र पाँचौ एपिसोडका रुपमा पल शाहसँग अन्र्तवार्ता लिएपछि उनको शैलीको विरोध भईदिदा कान्तिपुरले पलसँगको अन्र्तवार्तानै अर्र्काइभबाट फिर्ता गर्नु परेको थियो ।

यस अघि पनि मिठाई लाल ज्यादव क्यारेक्टरमा विविध प्रस्तुतीका साथ अन्र्तवार्ता गर्दै आएका सन्दीपले मिठाई लालको क्यारेक्टरमाथि पनि मधेसी समुदायले विरोध जनाउँदा उक्त क्यारेक्ट नै गर्न छाडेका थिए ।