‘उपहार’ टाइटलमा रेखा थापाको नयाँ फिल्म बन्ने : निर्देशक देउजाले गरे आजै दर्ता

पूजा शर्मालाई लिएर रेखा थापाले बनाउन लागेको नयाँ फिल्मको टाइटल दर्ता भएको छ ।

मंगलबार दिउँसो प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेका साथ चलचित्र बिकास बोर्ड पुगेर निर्देशक देउजाले ‘उपहार’ टाइटल राख्दै फिल्मको दर्ता कार्य सम्पन्न गरेका हुन । यो टाइटलमा २० बर्ष अघिनै शिव रेग्मीले एउटा  फिल्म बनाएका थिए जसमा उत्तम प्रधान, सुशिल क्षेत्री , निरुता सिंह, कृति भट्टराई लगायतले खेलेका थिए ।

फिल्ममा निर्देशक ज्ञानेन्द्र देउजाको कम्पनी कपनगणी सिनेमा र रेखा फिल्मसको संयुक्त लगानी रहनेछ । कपनणी सिनेमाले अघिल्लो बर्ष झिंगे दाउ फिल्म बनाएको थियो जसले बक्स अफिशमा राम्रै पैसा छापेको थियो ।

आउँदो भदौ देखि फ्लोरमा जाने रेखाको नयाँ फिल्मलाई विष्णु कल्पितले छायाँकन गर्नेछन । एक हिरोइन अझै फाइनल हुन नसकेको अवस्थामा हिरोमा भने मुकुन भुषाल करिब -करिब फाइनल भईसकेको र अर्को हिरोमा एक जना पाइलटलाई डेब्यू गराउने तयारी रेखा थापाको रहेको बुझिएको छ ।