सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा

अनुप भट्टराई

काठमाण्डौँ । लामो समय देखि अमेरिकामा बस्दै आईरहेकी अभिनेत्री सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा परेको एक्सक्लुसिभ खबर प्राप्त भएको छ ।

दश बर्ष अघि  १ फ्रेब्रुअरी २०१३ मा अमेरिकामै बस्दै आएका नेपाली युवा रमेश कार्कीका साथ कोर्ट म्यारिज गरेकी सारंगाले चाँडैनै उक्त सम्बन्धलाई पूर्ण विराम दिदैछिन भन्ने खबर बाल्टिमोरमा रहेका नेपालीहरु माँझ ब्यापक छ यतिखेर ।


यो एक दशकको दौरानमा सारंगा र रमेशको मायाको चिनो स्वरुप एक छोरी पनि छिन । बताईए अनुसार उनीहरुको डिभोर्सको फाईल कोर्टमा पुगेर फैसलाको अन्तिम चरणमा छ । सम्भवत कोर्टले यहि महिना भित्र उनीहरु अलग रहने डिसिजन गर्नेछ ।

आफू डिभोर्स मुडको अन्तिम चरणमा पुगेर होला सारंगाले यसै साता नेपालबाट आफ्नो बुबालाई समेत अमेरिका झिकाउदैछिन रे ।