काठमाण्डौं । युवा पुस्तामाँझ निकै नै लोकप्रिय रहेको एन्डभेन्चर रियालिटी सो रोडिजको पाँचौ श्रृङखला आउँदो श्रावण ८ गते देखि प्रसारणमा आउने भएको छ ।
सोमबार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलन मार्फत आयोजक हिमालय टिभीले रोडिजको पाँचौ सिजन हरेक सोमबार राति ८ बजे देखि १० बजे सम्म प्रसारण हुने जनाएको छ । दिईएको जानकारी अनुसार यो कार्यक्रम पूरा डेढ घण्टाको हुनेछ भने बाँकीको आधा घण्टा विज्ञापन प्रसारण हुनेछ । कार्यक्रम हिमालय टिभी एचडी र हिमालय प्रिमियम दुवै च्यानलमा बाट एक साथ प्रसारण हुनेछ । रि टेलिकाष्ट भने हप्ताको ३ पटक हुनेछ ।
कार्यक्रममा मुख्य आकर्षण भने प्रायोजक सम्झौता देखियो । मिडिया सेन्ससले सम्पूर्ण प्रायोजन हेरेको यो सोमा मुख्य प्रायोजक यमाहा रहनेछ भने अन्यमा ईन असोसिएसन माउन्टेन डिउ , स्टाइल पार्टरनमा प्रोस्टाइल, सेलिब्रेशन पार्टरनमा केएफसी, एजुकेशन पार्टनरमा सफटारिका कलेज, इन्सुरेन्स पार्टरमा युनाईटेड अजोड, , लुब्रीकेन्ट पार्टनरमा एचपी लुब्रिकेन्ट र मेडिकल पार्टनरमा स्टार हस्पिटल रहनेछन ।
नयाँ होस्ट सुरज सिंह ठकुरीले सञ्चालन गर्ने रोडिजको यो सिजनमा नयाँ ग्याङ लिडर बनेर अभिनेत्री प्रियंका कार्की भित्रिएकी छिन । पावर अफ फाईभ थिम सहित अनएर हुन लागेको यो सोमा आशिष राना लाउरे र अनुपविक्रम शाही र दिया मास्के ग्याङ लिडर निरन्तर छन । सोलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन ।