काठमाण्डौँ । हाल प्रर्दशनरत फिल्म ‘परस्त्री‘की हिरोइन शिल्पा मास्केले थिएटर डेब्यू गर्ने भएकी छिन ।
बत्तीसपुतलीमा रहेको थिल्पी थिएटरका सञ्चालक समेत रहेका घिमिरे युवराजको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘ट्रान्जिट’ बाट उनले अभिनयको नयाँ यात्रा पार गर्दैछिन । अर्थात शिल्पा अब नाटक तर्फ पनि सक्रिय रहनेछिन र अभिनयमा थप निख्खारता ल्याउदैछिन ।
हेमराज विसीको निर्देशनमा बनेको फिल्म ब्रेकअपबाट नेपाली फिल्ममा डेब्यू गरेकी शिल्पाले हलिउड प्रोजेक्टहरु डक्टर स्ट्रेन्ज, मिसन ईम्पोसिवल -फल आउट तथा नेटफिल्क्स सिरिज द क्राउन सिजन २ को एपिसोड ५ , सर्ट फिल्म सुटिङ एण्ड एलिफेन्ट सहित अक्षय कुमारको बलिउड फिल्म गोल्डमा समेत केही भूमिका निर्वाह गरिसकेकी छिन । शिल्पाले नेपालमा परस्त्री बाहेक कागजपत्र र पछिल्लो बर्ष रिलिज भएको फिल्म कठपुतलीमा स्पेशल अपिरेन्स गरेकी छिन ।
‘यो मेरो १३औँ निर्देशन हो अहिले हामी निरन्तर नाटकको रिहर्सलमा छौँ र मैले पनि एउटा भूमिका निर्वाह गर्दैछु ।’ निर्देशक घिमिरेले न्यूज फिल्मीसँग कुरा गर्दै नाटकको बारेमा जानकारी दिएका छन ।
उनका अनुसार कुमार नगरकोटीको लेखनमा रहेको यस नाटकमा शिल्पा मास्के सहित अभिनेता दिब्य देव, आकाक्षा कार्की , मिल्सन राई र बासना तिमिल्सनाले प्रमुख भूमिका निर्वाह गर्दैछन ।
नाटक आउँदो श्रावण ५ गते देखि भदौ २ गते सम्म मंगलबार बाहेक तर शनिबार अतिरिक्त सो सहित हरेक दिन मञ्चन हुनेछ ।