काठमाण्डौँ । प्रोड्यूसर छवि ओझाको भनाईलाई यहाँ उद्रित गर्ने हो भने यतिखेर नेपाली फिल्म ईन्डष्ट्री कुम्भकर्णको निद्रामा छ । मस्त निद्रामा । उनी भन्छन यो शिलशिला अझै एक डेढ महिना सम्म निरन्तर चल्ने छ । अर्थात उनले भन्न खोजको अर्थ के हो भने यतिखेर फिल्मको बजार पूर्ण रुपमा सुस्ताएको । राम्रो र हेर्न हुने फिल्म रिलिज भएपनि ब्यापार शून्य जस्तै छ । अन्य गतिविधि पनि करिब करिब उस्तै रहेको उनी बताउछन ।
अघिल्लो साता रिलिज भएको अन्तिम संस्कार राम्रो रिभ्यूको बाबजुत बक्स अफिशमा फल्प भयो भने यो साता रिलिज भएको परस्त्री पनि बक्स अफिशमा चैट भएको अवस्था छ ।
आमा, चिसो मान्छे जस्ता राम्रो फिल्म बनाएकी प्रोड्यूसर शर्मिला पाण्डेका छोरा सुरजले डेब्यू निर्देशन गरेको परस्त्री निर्देशकीय हिसावले , मेकिङ एवं प्रोडक्सन भ्यालुका हिसावले एवं कलाकारको पर्फमेन्सले प्रसंसनीय छ । यध्यपी फिल्मको ब्यापार भने लाजमर्दोे छ ।
करिब करिब डेढ करोड बजेटमा निर्मित फिल्मले पहिलो दिन अल नेपाल डेढ लाखको हाराहारीमा मात्र ग्रस कलेक्सन गर्यो भन्दा तपाईहरुलाई पत्यार नलाग्न सक्छ तर यथार्थ के हो भने फिल्मले रिलिजको पहिलो दिन बिहिबार र हिजो शुक्रबार गरी अल नेपाल ३ लाखको हाराहारीमा मात्र कूल कारोवार गरेको देखिन्छ ।
यस्तै गत साता रिलिज ‘अन्तिम संस्कार’ले हाल सम्म ७ लाख ६५ हजार कूल कारोबार गरेको छ भने परस्त्रीका साथ रिलिज भएको हिन्दी फिल्म ‘सत्य प्रेम कि कथा’ले करिब करिब २० लाख अल नेपाल ग्रस कलेक्सन गरेको छ ।