रातामकैको जन्मदिनमा प्रकाश सुवेदीलाई पुरस्कार : कैलाश कार्की देखि च्यान्टी आमा सम्म सम्मानित

काठमाण्डौँ । हरेक बर्षको असार १५ गतेका दिन आफ्नो जन्मदिन मनाउँने गरेका कलाकार किरण केसी उर्फ रातामकैले यस बर्षको जन्मदिन पनि भब्य रुपमा मनाएका छन ।

सदा झै यसपालि पनि नेपाली हाँस्य ब्यग्य क्षेत्रका महारथी मह जोडीलाई प्रमुख अतिथिका रुपमा उभ्याउदै केसीले विभिन्न ब्यक्तित्वलाई पुरस्कार सहित सम्मान प्रदान गरेका हुन ।

उनले यस बर्ष नेपाली रजतपटका लोकप्रिय सञ्चारकर्मी प्रकाश सुवेदीलाई नगद १५ हजार पुरस्कार  सहित सम्मान प्रदान गरे भने हाँस्यब्यग्य कवि शैलेन्द्र शिम्खडा, कलाकार शिवहरी बैरागीलाई पनि नगद १५ हजार सहित पुरस्कृत एवं सम्मान गरेका छन ।

यसैगरी उनले कमेडी च्याम्पियनबाट उदाएका हाँस्य कलाकार कैलाश कार्की लाई पनि नवप्रतिभा पुरस्कारबाट सहित ९४ बर्षीया समाज सेवी च्यान्टी आमा उर्फ च्यान्टी सुवेदी र मिठु केसी, नगद ५ हजारका दरले सम्मान एवं पुरस्कार वितरण गरेका छन ।

उनको यो कार्यक्रममा शिक्षाविद सुलभ बुढाथोकी, समाजसेवी श्याम केसी र मनहरी भण्डारीलाई र जय कुमार केसी लाई पनि सम्मानित गरिएको छ । २०१४ साल असार १५ गतेका दिन जन्मिएका किरण केसी आजबाट ६५ बर्ष पूरा भई ६६ बर्षको उमेरमा प्रवेश गरेका छन ।