टीकाराम यात्रीको नयाँ सो हिमालय टिभीबाट अनएयर हुने

नेपाली मिडियाका जिनियश पर्सानालिटी टिकाराम यात्रीको नयाँ सो हिमालय टिभिबाट अनएयर हुने भएको छ ।

विगत दुई महिना यता AP1 टेलिभिजनको एडिटर  ईन चिफ पदबाट राजिनामा दिएर आफ्नै युट्युब च्यानल मार्फत अन्र्तवार्ताहरु रिलिज गरिरहेका यात्रीले श्रावणको पहिलो हप्तादेखि अनएयर हुने गरी हिमालय टिभीसँग आउट सोर्स सम्झौता गरेको बताईन्छ ।

आउट सोर्स सम्झौताको अर्थ  हिमालय टिभीको कर्मचारी नबनिकनै बाहिरबाट आफैले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गर्दै प्रोग्राम प्रोडक्सन गरी अनएयरका लागि समय किनेर टेलिभिजनलाई प्रसारण गर्न दिनु हो ।
यो समाचार तयार हुँदै गर्दा यात्रीले सञ्चालन गर्ने कार्यक्रमको प्रोमो समेत रिलिज भई कार्यक्रमको नाम अँध्यारोबाट उज्यालो तिर राखिएको खुल्न आएको छ । यो नयाँ प्रोग्राम आईडी उही उनले ७ बर्ष देखि AP1 टिभिमा चलाई रहेको कार्यक्रम तमसो मा ज्योर्तिगमयको नेपाली भर्षन हो ।

यतिखेर AP1 को उक्त सोलाई सोही प्रोग्राम आईडीमै सुरेश पौडेलले सञ्चालन गरिरहेका छन भने टीकारामले पनि आफ्नो युट्यूब च्यानलमा सोही नाम क्यारी गरि अन्र्तवार्ताहरु गरिरहेको अवस्था छ ।

Leave a Reply