३६ दिनमै सकियो निश्चलको दिमाग खराव : सेड्यूल भन्दा चार दिन अघिनै ईन्डक्ल्याप

अनुप भट्टराई

काठमाण्डौं । निर्देशक निश्चल बस्नेतले ६ बर्ष पछि निर्देशन गरेको फिल्म दिमाग खराबको सुटिङ ३६ दिनमै सकिएको छ ।

सोमबार साँझ फिल्मको ईन्डक्ल्याप सट दिएसँगै यूनिटका काष्ट एण्ड क्रुले रमाईलो गरी- गरी विभिन्न तस्बिर खिचेका पनि छन । अभिनेत्री स्वस्तिमा खड्काले त बिहानै नरिवल फोडेरै आज  ईन्डक्ल्याप डे हो भन्दै टिकटकमा भिडियो समेत पोष्ट गरेकी थिईन ।


साँझ भने यूनिटले थप रमाईलो गर्दै विभिन्न पोजका तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्टाएका पनि छन । एक पोजमा स्वस्तिमा र निश्चल ईन्डक्ल्याप मार्क गरिएको क्ल्याप बोर्ड सहित तस्बिरमा देखिएका छन भने अर्को तस्बिरमा निश्चल एकल देखिएका छन । त्यसैगरी अर्को तस्बिरमा भने यूनिटका सम्पूर्ण सदस्यहरु एक साथ देखिएका छन ।

निश्चलको आफ्नो प्रोडक्सन कम्पनी ब्ल्याक हर्स पिक्चर्स र कुनै समय रामबाबु गुरुङसँग कबड्डी फिल्म बनाएका निर्माता रौनक विक्रम कडेलको कम्पनी सिनेमा आर्टसले संयुक्त लगानी गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन ।

४० दिनको सेड्यूल तय गरिएता पनि चार दिन अघिनै छायाँकन सकिएको यस फिल्ममा स्वस्तिमा सहित दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल शीर्ष भूमिकामा छन । फिल्मको सम्पूर्ण छायाँकन काभ्रेको पाँचखाल एरियाका गरिएको छ । फिल्म रिलिज भने तिहार लक्षित गर्दै आउँदो कात्र्तिक २४ गते धनतेरसका दिनबाट हुनेछ ।

टिमले फिल्मको वल्र्ड वाईड रिलिजका लागि छत्र थापाको कम्पनी एम एस एम ईन्टरटेन्मेन्टलाई एक मुष्ट रुपमै ओभरसिज राईटस बिक्री गरिसकेको छ । तर्सथ डायस्पोरा सोका लागि यदि कुनै कम्पनीले यो फिल्म प्रर्दशन गर्न चाहेमा एमएसएम ईन्टरटेन्मेन्टलाई कन्टयाक्ट गर्नु पर्ने हुन्छ ।