काठमाण्डौं । गत शुक्रबार देखि रिलिज भएको मर्डर मिस्ट्रीमा आधारित फिल्म अन्तिम संस्कारले घरेलु बक्स अफिशमा कमजोर पर्फमेन्स गरेको छ ।
डेढ करोडको लागनीमा बनेको यो फिल्ममा तीन दिनमा करिब ५ लाखको हाराहारिमा मात्र ग्रस ब्यापार गरेको देखिन्छ । कूल ब्यापारबाट गर्भमेन्ट लाई तिर्नु पर्ने १३ पर्सेन्ट ट्याक्स र स्थानिय सरकारलाई तिर्नु पर्ने ५ प्रतिशत मनोरञ्जन कर कटाएर आउने नेट कलेक्सनको हिसाव गर्दा ३ लाख ३९ हजार मात्र देखिन्छ ।
क्याप्टेन विजय लामा सहित दिया पुन , रेश्मा घिमिरे , त्रिचु राई , विशाल पहारी लगायतका कलाकारहरुले खेलेको यस फिल्मको पब्लिक रिभ्यू राम्रो आई रहेपनि ब्यापार भने कमजोर भईदिएको हो ।
‘फिल्मले अपेक्षित विजनेश गरेको छैन तर पनि केही छैन हामीले ईमान्दार काम गरेका छौँ । बाँकी कुरा त दर्शकको हो ।’ निर्देशक शाहीले न्यूज फिल्मीसँग कुराकानी गर्दै भनेका छन ।
शाहीका अनुसार फिल्मले सिनेमा घरमा दर्शकको राम्रो साथ नपाए पनि नेटफिल्कसमा भने राम्रो साथ पाउँने विश्वास ब्यक्त गरेका छन । उनका अनुसार चाँडैनै अन्तिम संस्कारनेटफिल्कसमा रिलिज हुनेछ ।
निर्देशक शाहीले यस अघि उत्कृष्ट फर्ममेन्सका साथ दोश्रो विश्व युद्धमा आधारित फिल्म गोर्खा विनिथ द ब्रेभरी बनाएका थिए जुन फिल्म यतिखेर १९१५ लिजेन्ड अफ द गोर्खा नाममा परिवर्तित भएर अमेजन प्राईम भिडियोमा रिलिज हुन सफल भएको छ ।