काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र बुद्धी तामाङ फेरी पनि अर्को फिल्ममा सँगै देखिने भएका छन ।
आफ्नो फिल्मी करिअरको दौरानमा दर्जनौ पटक स्क्रिन साँझेदारी गरिसकेका यि दुईले यम शेर्पाको डेब्यू निर्देशन रहने फिल्म ‘कार्साङ’मा सँगै काम गर्ने भएका हुन ।
यम शेर्पा दर्जनौ सर्ट फिल्म बनाएर आफूलाई पोख्त बनाउँदै फिचर फिल्म निर्देशनमा उत्रिन लागेका निर्देशक हुन । सुप्रसिद्ध सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको समेत निर्माण साझेदारी र छायाँकन रहने फिल्ममा मुख्य अभिनेत्री भने फाइनल हुन बाँकी रहेको छ ।
सोसल ड्रामा जनरमा बन्न लागेको यस फिल्मको सुटिङ बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोशी गाउँपालिकाका आस पासका गाउँहरुमा हुने छ ।