गोर्खा वारियरको लन्डन प्रिमियरमा सहभागी हुन हर्क साम्पाङलाई मिलन चाम्सले दिए निम्तो

अनुप भट्टराई

काठमाण्डौं । लन्डनको प्रतिष्ठीत आइम्याक्स सिनेवल्र्डमा पहिलो पटक प्रिमियर हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको स्पेशल प्रिमियिरमा सहभागी हुनका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई निम्तो पुगेको छ ।

निर्देशक मिलन चाम्सले साम्पाङलाई धरान पुगेर आफ्नो २० बर्ष देखिको सपना फिल्मको प्रिमियर शोको शोभा बढाईदिन आग्रह गर्दै साम्पाङलाई निम्तो पत्र थमाएका हुन । निम्तो पत्र बुझे लगत्तै मेयर साम्पाङले पनि लन्डनमा हुन लागेको प्रिमियरमा सहभागी हुन आफू पूर्ण सकारात्मक रहेको एव ईच्छुक समेत रहेको जवाफ निर्देशक चाम्सलाई दिएका छन ।

पछिल्लो समय नेपाली फिल्मको विदेशी भूमिममा प्रिमियर र सुटिङ कल्चर लाई स्थापित बनाउँन महत्वपूर्ण भूमिकामा खेलेका मिलनले हर्क साम्पाङ सहित नेपालबाट सहभागी हुने कलाकार एवं सञ्चारकर्मी एवं बेलायतबासी विशिष्ट ब्यक्तित्व , गोर्खा रजिमेन्टका अधिकृत, नेपाली दूतावासका प्रमुख ब्यक्तित्व , बेलायती सेनाका जनरल सहित लाई बेलायती राज परिवारका सदस्य एवं सासंदहरुका साथमा राखेर प्रिमियरको सो गराउँदैछन ।

हलिउड प्रिमियर सो नामाकरण गरिएको यो कार्यक्रम आउँदो भदौँ २४ गते हुनेछ । पहिलो पटक नेपाली फिल्म प्रिमियर हुन लागेको आइम्याक्स सिनेवल्र्डमा जेम्स बण्ड, मिसन ईम्पोसिवल सहित दर्जनौ हलिउड फिल्मको प्रिमियर भईसकेको छ । मिलनले विगत दुई दशक देखि आइम्याक्स सिनेवल्र्डमा नेपाली फिल्मलाई प्रिमियर गर्ने सपना बुनेका थिए जुन आउँदो भदौ २४ गते पूरा हुँदैछ ।