३५ दिनमा फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न

काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली कथानक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। सोमबार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो। निर्माता बोगटीले फिल्मको सबै छायांकन सकिएको जानकारी दिँदै अब सम्पादनको काम तत्काल सुरु हुने बताएका छन्। फिल्म यसै वर्ष रिलिज गरिने पनि उनले बताए।

आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा बनिरहेको यो फिल्म विशुद्ध पारिवारिक, मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ। फिल्मले समकालीन समाजका विविध रमाइला र ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्नेछ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यसै फिल्ममार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। फिल्ममा वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ।

सह-निर्माताका रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा जोडिएका छन्।

फिल्ममा विशाल कक्षपतिको छायांकन रहनेछ भने अभिषेक कार्की संगीतकार हुन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्। फिल्ममा सियोन श्रेष्ठको कोरियोग्राफी तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहनेछ।

Leave a Reply