गुहेश्वरी मन्दिरमा पूजा गर्दै ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न

काठमाडौं । निर्माणाधीन फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो ।

मुहूर्त सटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन र एक्सन–कट मधुसूदन भट्टराईले दिएका थिए । क्ल्यापिङ लव प्याकुरेलले गरेका थिए भने नरिवल दीपक दंगालले फुटाएका थिए ।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ । बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले पनि अभिनय गर्नेछन् ।

फिल्मका निर्देशक बिनयराज पौडेल हुन् । यसै फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी रहेका छन् भने कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् । द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ ।

फिल्ममा श्रृंगार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई, छायांकन दीपेन बस्न्यात र सम्पादन गौतमराज खड्काको रहनेछ । निर्माण व्यवस्थापक सुमन काफ्ले छन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् ।

कार्यकारी निर्माता सुरज थापाकाजी रहेका छन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् । पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन् । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले गर्नेछन् ।

दर्जनौँ फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका पौडेलले ‘अक्षरा’बाट निर्देशन यात्रा सुरु गर्न लागेका हुन् ।

Leave a Reply