‘दिल जलाउनेसँग’ सार्वजनिक, युवराज चौलागाईंको नयाँ गीतले छोयो मन

काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको नयाँ गीत ‘दिल जलाउनेसँग’ सार्वजनिक भएको छ । रमेश क्षेत्री र प्रजन बस्नेतको शब्द रहेको गीतमा ऋषि खड्काको संगीत समावेश छ।

गीतले माया र सम्मानको कदर नगर्ने, आफ्नै मान्छेबाट अपमान सहनुपर्ने अवस्थाको भावनात्मक कथा प्रस्तुत गरेको छ । यस्तो परिस्थितिमा सम्बन्ध टिकाउन नसकिने यथार्थलाई गीतले सशक्त रूपमा उजागर गरेको छ ।
गीतको भिडियोमा अञ्जली अधिकारी र रमेश क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि रमेश क्षेत्री स्वयंले गरेका हुन् ।

 

सार्वजनिक गित रमेश क्षेत्री युटुब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो । भावनात्मक कथावस्तु र गहिरो सन्देशका कारण गीतले दर्शक–श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।   

 

Leave a Reply