काठमाडौं । यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा यो डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज सुन्न सकिन्छ ।
भिडियो निकै भव्य र मनोरञ्जनात्मक शैलीमा तयार पारिएको छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको ‘झ्याम पारम’मा फिल्मका मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य गेस्ट अपियरन्समा देखिएका छन् ।
भिडियोलाई थप आकर्षक बनाउन सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल र मनिता सुन्दासको आर्ट निर्देशन रहेको छ ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको फिल्म ‘मालती मंगले’ रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ ।
फिल्ममा विजय, वर्षा र मेक्समसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
कार्यकारी निर्माता सागर ज्ञवाली रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताको रूपमा रहेका छन् ।
प्राविधिक रूपमा पनि फिल्म सबल देखिएको छ । महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको साउन्ड मिक्सिङ रहेको छ ।
आरआर फिल्म्सले वितरण गर्ने यो फिल्मले वैशाख २५ गतेदेखि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण टिमले लिएको छ ।
News Filmy Newsportal / Nepal