काठमाडौं । तामाङ भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित निर्माण हुन लागेको तामाङ फिल्म ‘उर्गेन’को शुभमुहूर्त गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा कार्यक्रम आयोजना गर्दै फिल्मको शुभारम्भ गरेको हो।
बोर्डको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई ३ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले मातृभाषामा निर्माण हुने फिल्मले समुदायको मौलिक संस्कृति संरक्षणसँगै पहिचान सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
‘उर्गेन’ फिल्मले तामाङ समुदायको जीवनशैली, भाषा र सांस्कृतिक पक्षलाई समेट्ने अपेक्षा गरिएको छ। साथै, यस्ता फिल्ममार्फत नेपाली फिल्म क्षेत्र थप विविध र समावेशी बन्ने विश्वास व्यक्त गरिएको
News Filmy Newsportal / Nepal