‘लालीबजार’को ‘मायालाई के दिउँ म बैना’ टिकटकमा ट्रेन्ड, दर्शकमाझ लोकप्रिय

काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको छ। फागुन २९ मा सार्वजनिक गीतलाई युट्युबमा करिब १४ लाख पटक हेरिएको छ।

गीतको लोकप्रियतासँगै यो टिकटक र फेसबुक रील्समा समेत ट्रेन्ड बनेको छ। अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ। उनीहरूको नृत्य शैली पछ्याउँदै हजारौं प्रयोगकर्ताले भिडिओ बनाएका छन्।
गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर, खेमकै संगीत तथा रमेश बिजीको शब्द छ। नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन्।

निर्देशक यम थापाका अनुसार गीत कथासँग जोडिएर तयार गरिएको हो। फिल्म आगामी वैशाख १८, २०८३ मा प्रदर्शन हुने तयारीमा छ।

Leave a Reply