पल शाहको जन्मदिनमा ‘आबाट आमा–२’ घोषणा, २०८३ को दशैंमा रिलिज हुने

Brown Cream and Peach Modern Chic Personal Wall Calendar (1920 x 1080 px) - 3

काठमाडौं । अभिनेता पल शाह लाई पछिल्लो समय भाग्यले साथ दिएको देखिन्छ। उनी अभिनित फिल्महरू बक्सअफिसमा एकपछि अर्को सफल भइरहेका छन्।

यस वर्ष प्रदर्शनमा आएका ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बनेका छन्। प्रदर्शनरत ‘आबाट आमा’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको निर्माण पक्षले जनाएको छ।

आइतबार आफ्नो जन्मदिनको अवसरमा शाहले रानीवनस्थित मानवसेवा आश्रममा कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रममा उनको पछिल्लो हिट फिल्म ‘आबाट आमा’को दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरिएको हो।

यससँगै शाह र निर्देशक चन्द्र पन्त बीच दोस्रोपटक सहकार्य हुने भएको छ। कार्यक्रममा ‘आबाट आमा–२’को टिजर पोस्टर सार्वजनिक गरिएको छ। साथै, फिल्म २०८३ सालको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको छ।

Leave a Reply