काठमाण्डौँ । गत बर्ष प्रर्दशनमा आएको फिल्म ह्रस्व दीर्घ मार्फत १६ बर्ष पछि नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री विपना थापाले शीर्ष भूमिकामा फिल्म खेल्ने भएकी छिन ।
विपनाले हस्व दीर्घकै निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ बाट आमा’ मा शीर्ष भूमिका निर्वाह गर्न लागेकी हुन । आगामी भदौँ देखि छायाँकनमा जान लागेको उक्त फिल्मको सवै भन्दा महत्वपूर्ण भूमिका विपनाले निर्वाह गर्न लागेको निर्देशक पन्तको भनाई छ ।
यस अघि ह्रस्व दीर्घमा विपना मेयरको भूमिकामा अभिनेता हरिहर अधिकारीको आमा बनेर खेलेकी थिईन । तर उक्त फिल्मको कथा हिरो र हिरोइनको प्रेममा केन्द्रित थियो जहाँ विपना चरित्र भूमिकामा सिमित थिईन तर यो फिल्मको कथा भने विपनाको वरीपरि केन्द्रित रहने बताईएको छ ।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको चन्द्रको यस फिल्मको थिम पोष्टर पनि सार्वजनिक गरिएको छ जहाँ यस फिल्मको रिलिज मिति आगामी फाल्गुन १५ भनि उल्लेख गरिएको छ।