विराज भट्टको ‘राम नाम सत्य’ मा दिव्या रायमाझीको इन्ट्री

काठमाडौँ – गत बर्ष देखि नेपाली रजतपटमा प्रवेश गरेकी नव अभिनेत्री दिव्या रायमाझीले चौथो फिल्म ‘राम नाम सत्य’ साईन गरेकी छिन ।

उनीद्धारा अभिनित पहिलो फिल्म एक्टर टेक वान र दोश्रो फिल्म पिताम्बर रिलिज भईसकेको छ भने तेश्रो फिल्म माया प्रीति छायाँकनमा जाने तयारीमा छ । चौथो फिल्म चाँहि हिजो आइतबार उनले साइन गरेकी हुन । यो प्रोजेक्टमा उनी एक्सन स्टार विराज भट्ट र सुशील श्रेष्ठ सँग एकैसाथ देखिने भएकी हुन्। बुझिए अनुसार फिल्ममा दिव्याको जोडी सुशिल हुनेछन ।

माइकल चन्दको लेखन तथा निर्देशनमा बन्ने ‘राम नाम सत्य’ को छायांकन साउनदेखि सुरु हुनेछ। फिल्ममा अर्की एक अभिनेत्री पनि जोडिदैछिन जो विराजको अपोजिट हुनेछिन । नयाँ फिल्ममा साइन गरेपछि दिव्याले भनेकी छिन । ‘स्टोरी आउटलाइन एक दम राम्रो लागेपछि यो फिल्म खेल्ने निर्णयमा पुगेकी हुन ।’ 

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माता छन् भने उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ निर्माता रहनेछन्। संगीत अर्जुन पोखरेल र वावुल गिरीको हुनेछ भने छायांकन सुशन प्रजापति ले गर्नेछन ।