निश्चल र अस्मिताको स्वरमा महाभोजको ‘लालुमै’ गीत सार्वजनिक

काठमाडौं – अगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि प्रर्दशनमा आउँने फिल्म महाभोजको नयाँ गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ।

निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ सहित निश्चलकै पनि नृत्य देख्न पाइन्छ।

गीत मलिकाको विवाह समारोहमा आधारित छ, जहाँ गाउँको रमाइलो झल्किएको छ। हर्क साउदको शब्द, कोसिस र केतन क्षेत्रीको संगीत तथा सुनिल क्षेत्रीको कोरियोग्राफीमा भिडियो बनेको हो । 

निर्देशक दिनेश राउतले महाभोजले वर्ग संघर्ष र पैसाले सिर्जने सामाजिक दबाबको कथा बताउने बताएका छन्। फिल्ममा आर्यन सिग्देल पनि मुख्य भूमिकामा छन तर यो गीतमा उनलाई फिचर्ड गरिएको छैन ।  हेर्नुस गीत

Leave a Reply