काठमाण्डौँ । म्यूजिक भिडियो खेलेर आफ्नो व्यस्तता घट्न नदिएका अभिनेता पल शाहले खेलेको पछिल्लो फिल्म मोहरको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ भने उनले खेल्ने नयाँ फिल्म महाराजाधिराजको मुख्य भूमिकामा रमेश उप्रेती पनि अनुबन्ध भएका छन ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको महाराजधिराज यतिखेर प्रि–प्रोडक्सनको चरणमा रहेर कलाकार छनौट देखि स्क्रिप्ट फाइनल गर्ने क्रममा छ भने मोहर टिम पोष्ट प्रोडक्सनको चरणमा रहेर फिल्म सम्पादनको क्रममा छ ।
मोहर श्रावण २३ गते देखि प्रर्दशनमा आउँदैछ जसलाई ओम प्रतिकले निर्देशन गरेका हुन । फिल्मको पोष्टरमा पलसँगै दुई अभिनेत्री बेनिशा हमाल र निति शाहका साथमा अर्जुन जंग शाही छन । पोष्टरमा पल एङग्री लुक्समा देखिएका छन भने बेनिशाको आँखाबाट आँसु झरेको देखिन्छ । अर्की अभिनेत्री नितिको मुखमा भने मुस्कान र अर्जुनजंग शाही ईनोसेन्ट लुकमा देखिएका छन ।
यसैगरी पल शाहको डबल रोल रहने फिल्म महाराजधिराजको महत्वपूर्ण मध्येको एक रोलमा अभिनेता रमेश उप्रेती चयन भएको बताईएको छ । लामो समय देखि फिल्ममा नदेखिएका रमेशले दर्जनौ फिल्महरुबाट आएको अफरलाई स्वीकारेका थिएनन तर यो प्रोजेक्टमा चित्तबुझ्दो रोल पाएपछि उनले फिल्म खेल्ने सहमति जनाएका हुन ।
News Filmy Newsportal / Nepal
