सेभेन सिज ईन्टरनेशनलले चुले निम्तो बनाउँने

काठमाण्डौँ । नेपाली फिल्मको विदेश रिलिजमा प्रभावकारी भूमिका खेलिरहेको कम्पनी सेभेन सिज ईन्टरनेशनलले पनि फिल्म बनाउँने घोषणा गरेको छ ।

दीपक वलीललाई निर्देशकका रुपमा अनुबन्ध गर्दै टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । विवाहको कार्ड शैलीमा बनाईको फिल्मको घोषणा पत्रमा निर्माताको रुपमा प्याट्रिक सुवेदी र रमेश ढकाल रहने उल्लेख गरिएको छ भने स्क्रिप्ट राइटरका रुपमा महेश दवाडीको नाम उल्लेख गरिएको छ ।

निर्माण टिमले फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेतापनि कहिले देखि सुटिङ गर्ने, को–को कलाकार रहने भन्ने जानकारी भने उल्लेख गरेको छैन ।

नेपाली परिवेशमा चुले निम्तो भन्नाले पारिवारिक, आत्मीय र स–साना वृत्तमा दिइने निम्तो हो, जहाँ पाहुनालाई घरमै खाना खुवाउने अभिप्राय हुन्छ। शुद्ध, आत्मीय र सम्मानजनक निमन्त्रणा को रूपमा लिइन्छ। जसले सांस्कृतिक र भावनात्मक दुबै अर्थ बोकेको हुन्छ। यो विशेषतः नेपाली समाजको भोज वा संझनायोग्य निम्तो सन्दर्भमा प्रयोग गरिन्छ। तसर्थ यो फिल्मको शिर्षक हेर्दा फिल्मले वैवाहिक परिवेशको कथालाई भन्न खोजेको बुझिन्छ ।

सेभेन सिज ईन्टरनेशनल सेभेन सिज ईन्टरटेन्मेन्टबाट अलग्गिएर बनेको कम्पनी हो जसले गत बर्ष पूर्णबहादुरको सारंगी फिल्म बनाएर ईतिहास रचेको थियो तर विडम्बना फिल्मको सफलतासँगै कम्पनी दुई चिरामा परेपछि प्याट्रिक र रमेशको टिमले विनोद पौडलसँग अलग्गिएर यो यो फिल्मबाट फिल्म निर्माणको नयाँ यात्रा सुरु गर्न लागेका हुन ।

Leave a Reply