फिल्मका गीत माथि मकै बारी दर्याम दर्याम पर्न थाल्यो भारी

काठमाण्डौँ । नेपाली फिल्मका गीतहरु माथि दश दिन अघि रिलिज भएको फिल्म भन्दा बाहिरको गीत मकै बारी दर्याम दर्याम भारी पर्न थालेको छ ।

यो पच्चिस दिनको अवधिमा जन्तेबाख्रो फिल्ममा समावेश दुई गीत सहित अन्य पाँच फिल्म जार, के घर के डेरा- घर नम्बर २ , नरसिंहा अवतार, महाभोज, र ऊनको स्वीटरको गीत रिलिज भए ।
यि फिल्मका गीतहरुको लिष्टमा सवै भन्दा ज्यादा भ्यूज नरसिंहा अवतारको अच्छा लेकिन लण्डनमा ३३ लाख र दोश्रोमा ऊनको स्वीटरको काफ्ले गीत २९ लाख प्लस भ्यूज सहित टिकटकमा समेत भाइरल भएका छन ।

 

यसैगरी तेश्रो नम्बरमा दश लाख प्लस भ्यूज सहित तीन हप्ता अघि रिलिज भएको जन्तेबाख्रो फिल्मको गीत घामै राजा परेको छ । यो गीतमाथि पनि टिकटकमा एक हद सम्म दर्शकले राम्रै भिडियो बनाएको देखिन्छ । सफलताका हिसावले भन्नू पर्दा यि तिनै गीत सफल छन । यध्यपी जन्ते बाख्रोको दोश्रो गीतले भने त्यति राम्रो पर्फमेन्स देखाएको छैन ।

यसैगरी चौथो नम्बरमा महाभोज फिल्ममा समावेश कौडा गीत छ । तीन सातामा महाभोजको कौडा गीतको भ्यूज आठ लाखको नजिक छ । यो फिल्मको टिजर समेत निस्किएको छ जसको कन्टेन्टलाई दर्शकले ज्यादा रुचाएको देखिन्छ । टिजरको भ्यूज पनि सात लाखको छेकोमा छ ।

यसैगरी के घर के डेरा- घर नम्बर २ मा समावेश आँखा बोलको गीत पनि बजारमा निस्किएको छ जसको भ्यूज एक हप्तामा साढें चार लाखको हाराहारीमा र चैत्र २६ गते रिलिज हुने अर्को फिल्म जारमा समावेश गीत ए ठूलीको भ्यूज पाँच दिनमा करिब ३ लाख मात्र छ । यि दुई फिल्मको गीतको भ्यूज कमजोर भएतापनि संगीत सृजनाका हिसावले सुन्दर छन तर ज्यादा भाइरल चाँहि ऊनको स्वीटरको काफ्ले गीत र नरसिंहा अवतारको अच्छा लेकिन लण्डनमा भएका छन ।

यध्यपी यि प्रसंग फिल्मको कुरा भयो तर हामीले माथि सुरुवातमा भनेझै नेपाली फिल्मका सृजनात्मक गीत माथि भाइरल प्रवृतिको गीत मकै बारी दर्याम दर्याम भारी पर्न थालेको छ । दश दिन अघि रिलिज भएको विशाल सोनी र सुश्मा शाही ठकुरीको अवाज रहेको गीतमा गायक तथा रचनाकार विशाल आफै मोडल बनेर एलिना रायमाझीसँग नाचेका छन । यतिखेर यो गीत २४ लाख प्लस भ्यूज सहित युट्युबको म्यूजिक सेक्सनको ट्रेन्डिङ नम्बर वानमा छ भने टिकटकमा पनि हजारौका संख्यामा भिडियो बनेर भाइरल भईरहेको छ ।

सम्भवत यो हप्ता यो गीत माथि हजारौका संख्यामा अझै  टिकटक बन्ने संकेत देखिएको छ । बृद्ध देखि बालकसम्मले यो भाइरल गीतमा अनेक प्रकारका रोचक भिडियो बनाएका छन । यस्तो सिनारियो गत दशैमा रिलिज भएको फिल्म छक्का पञ्जा ५ मा समावेश मेरो पैसा फिर्ता दे रिलिज हुँदा देखिएको थियो । यसैगरी नेपाली साँगितिक बजारमा यो बाहेक तीन साता रिलिज भएको वाङदेन शेर्पा र सुशान्त घिमिरेको जुन हेरी बोलको गीतले पनि अत्याधिक सफलता हासिल गरिरहेको छ । सुन्दर अडियो भिडियो सहित निर्माण भएको उक्त गीतले २१ दिनको अवधिमा ५४ लाख भ्यूज नघाएर नेपाली फिल्मका गीतलाई पछि पारेको छ ।

Leave a Reply