अच्छा लेकिनको रिक्रिएट भर्सनमा महानायको बेल्ट घरी उल्टो घरी सुल्टो ! पूरानो भन्दा नयाँ कति राम्रो ?

अनुप भट्टराई

काठमाण्डौँ । पछिल्लो समय पूराना सदाबहार गीतहरुलाई फिल्मकर्मीहरुले आफ्ना नयाँ फिल्महरुमा रिक्रिएट गरेर राख्न थालेका छन ।

कालजयी रहेका पूरानाको गीतको आफ्नै मौलिकता र स्वाद रहिरहेका बेला नयाँ भर्सनमा फिल्मकर्मीहरुले त्यस्ता गीतहरुलाई रिक्रिएट गर्न थालेपछि यस्तो ट्रेन्ड फिल्म नगरीमा अझै बढ्ने सम्भावना छ ।
किन कि नयाँ संगीतकारहरुले बनाएका गीतहरुले कालजयी यात्रा पार गर्न नसक्दा हो वा पूराना गीतको पपुलारिटीलाई क्याश गर्दै फिल्म चलाउन मेकरहरुले आफ्नो फिल्ममा कालजयी गीतहरुलाई रिक्रिएट गर्न थालेको ।

तर जे होस अब यो ट्रेन्ड बढ्ने सम्भावना पक्का छ । यो ट्रेन्ड बर्षौ अघि महानायक राजेश हमालले देउता भन्ने फिल्ममा नाचेको सदाबहार गीत पिरतिको मिठो तिर्सना लाई वीर विक्रम -२ भन्ने फिल्ममा संगीतकार तारा प्रकाश लिम्बु र निर्देशक मिलन चाम्सले रिक्रिएट गरेर राखे । उता अशोक शर्माले पनि अल्लारे भन्ने आफ्नै फिल्मको बल्कबष्टर  गीत रातो टिका निधारमा टलक्क टल्कियोलाई रिक्रिएट गर्दै रातो टीका निधारमा भन्ने टाइटलनै बनाएर उक्त फिल्ममा गीत राखे ।

यसैगरी आउँने दशैको फूलपातिमा रिलिज हुने भनिएको सुटिङ नगरिएको फिल्म माइतीघरमा पनि पूरानो माइतीघरको गीत यो हो मेरो प्यारो भन्दा प्यारो माइतीघरलाई रिक्रिएट गरेर खिचिदैछ र यहि मेलोमा २८ बर्ष अघि दैव सञ्जोग फिल्ममा समावेश हिट गीत साथी भाई जर्नेल कर्नेल पुनः रिक्रिएट गर्दै नरसिंहा अवतारमा राखिएको छ ।

सुटिङ देखिनै हल्ला गरिएको उक्त खबर पूर्ण रुपमा गीत बनेर निस्किएको छ । ओर्जिनल भर्सनमा गायिका देविका बन्दना र गायक तर्फ सुदेश शर्माका साथमा संगीतकार शम्भुजित बास्कोटा पनि स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । यो गीतको ओर्जिटल र रिक्रिएट दुवै भर्सनमा शम्भुजितकै शब्द तथा संगीत छ ।

फरक यति हो कि पूरानोमा संगीतकार बासकोटा कोरस सहित केही स्थानमा सुनिएका थिए भने यसमा उनले गायिका परिवर्तन गर्दै पूरै गीत गाएका छन । पूरानो गीतको कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका थिए भने नयाँ गीतलाई कविराज गहतराजले गरेका हुन । नयाँ गीतको भिडियोमा राजेश हमालको जोडी बनेर नीति शाह देखिएकी छिन भने सरोज खनालको जोडी बनेर उषा खड्गी र सनिशा भट्टराईको जोडीका रुपमा राज कटुवाल छन । अन्य कलाकारहरुमा दीपा शाही, एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको नरसिंहा अवतार आगामी जेठ ९ गतेबाट प्रर्दशनमा आउँनेछ । जस अनुरुप निर्माण पक्षले फिल्मको हाईप बढाउन यो गीत निकालेको हो ।

सार समीक्षा गरेर भन्नू पर्दा यो गीतले ओर्जिनल गीतको तुलनामा कुन रुपमा मिठास छर्छ त्यो भने विस्तारै थाहा होला तर भल्न नहुने कुरा चाँहि के छ भने पूरानो भनेको पूरानो नै हो । ओल्ड ईज गोल्ड भनेझै ।  पुराना  धुनहरू जहिले पनि केही खास हुन्छन चाहे त्यो भाका होस्, आवाज होस् वा स्मृति नै किन नहोस्  । यिनको पुनः प्रयोग गर्दा सधैँ एक किसिमको रिस्क हुन्छ। रिस्क- गीतको भाव गुम्ने कि त शैलीको आत्मा नै हराउने। तर ‘नरसिंहा अवतार’ टिमले त्यस रिस्कलाई चाखलाग्दो ढंगले अपनाएको चाँहि देखिन्छ ।  नयाँ भर्षनमा पूरानो गीतको मिठास गुम्न चाँहि दिईएका छैनन संगीतकार बासकोटाले ।

कोरियोग्राफी तर्फ पनि बृहत क्यानभास छ । कलाकारहरुको जम्बो टोली छ तर एक्सपेक्टेड रुपमा यो गीतको कोरियोग्राफी सेटअप अझै फाइन बनाउन सकिन्थ्यो ।  विशेष गरी निर्माताको तर्फबाट गीत निर्माणमा पर्याप्त खर्च भएको देखिन्छ तर भिजुअल पक्ष लगानीका आधारमा रिजल्ट अझै चित्त बुझ्दो छैन ।

अझ नोटिस गर्नु पर्ने कुरा के थियो भने ठूलो भिडभाडका साथ खिचिएको फिल्ममा जर्नेलको पहिरनमा देखिएका महानायक राजेश हमालले लगाएको बेल्ट घरी उल्टो घरी सुल्टो देखिएको छ । यसमा कन्टिन्यूनिटी पक्षमा रहेका टिमले ठूलो गल्ती गरेका छन ।  यो सानो जस्तो लाग्ने गल्तीले  भिडियोको प्रस्तुतिमा  प्रश्न उब्जाउन सक्छ । विशेषगरी दर्शक अहिले झनै सजग छन्, अनि टिकटक,  ट्रोल र मिम संस्कृतिले यस्ता दृश्यहरूलाई विवाद र आलोचनामा ल्याउन धेरै बेर लाग्दैन । युट्यूब ट्रेन्डिङको शीर्ष स्थानतिर लम्किरहेको गीत यस्तो बनेको छ । हेर्नुस 

 

 

 

 

Leave a Reply