काठमाण्डौँ । युवा पुस्ता माँझ निकै नै लोकप्रिय रहेका साहित्यकार बुद्धीसागरले लेखेको स्क्रिप्ट माथि बनेको पहिलो फिल्म के घर के डेरा – घर नम्बर २ को मार्मिक टिजर सार्वजनिक भएको छ ।
जेठ २ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको टिजर यति सम्म ईमोश्नल छ कि मानौ भोलिका दिनमा पुरै फिल्ममा यस्तै ग्रिप देखियो भने यो फिल्मले बक्स अफिशमा ठूलै चमत्कार गर्न सक्छ । मन नै भारी हुने सम्बाद सोही अनुरुपको टिजर मेकिङमा राखिएका भिजुअल अनि पर्याप्त चिनिएका कलाकारहरुको उपस्थितीसँगैको विविध न्यारेशनले टिजरलाई अर्थपूर्ण बनाईदिएको छ ।
के घर के डेरा – घर नम्बर २ अघिल्लो पटकको के घर के डेरा जस्तो कमेडी जनरामा नबनाउँनु नै यस फिल्मको निर्माणमा निर्देशक दीपेन्द्र के खनालको पहिलो सफलता हो । कमेडी सिक्वेन्समा अघिल्लो पटक यहि शिर्षकमा फिल्म बनाउँदा उनी धेरै स्थानमा चिप्लिएका थिए तर यो फिल्मको ईमोश्नल सिन सेटअप र मेकिङ हेर्दा लाग्छ फेरी दीपेन्द्र के खनालले राम्रो फिल्म लिएर आएका छन ।
फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, केकी अधिकारी, उपसना सिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरे, सृजना नापित लगायतका कलाकारहरु मुख्य भूमिकामा छन । हेर्नुस टिजर