कान्तिपुरमा फेरी फर्किए सुरज सिहं ठकुरी : ओसिनको कुर्सी के होला ?

काठमाण्डौँ । अभिनेता समेत रहेका लोकप्रिय टेलिभिजनकर्मी सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजनमा पुनः फर्किएका छन ।

यस अघि दुई पटक कान्तिरपुर बाट अलग्गिएका ठकुरीले बिचको केही समय हिमालय टेलिभिजनको रोडिज कार्यक्रम चलाए भने दोश्रो पटक टिभि छाड्दा प्रदीप खड्काका साथ एक्लो फिल्ममा मुख्य भिलेनको भूमिका निर्वाह गरे ।

दोश्रो पटक कान्तिपुर फर्किएका ठकुरीलाई कान्तिपुर मेनेजमेन्टले प्रमुख सञ्चालन अधिकृत (सिओओ) पोष्ट दिएर पुनः भित्राएको हो । यस अघि कान्तिपुरमा हुँदा उनी बरिष्ठ कार्यक्रम निर्माताको पोष्टमा थिए । यो उनको बढुवा भएको पोष्ट हो ।

कान्तिपुर मिडियामा भुषण दाहालको जागिर गए सँगै ठकुरी माथि विभिन्न समस्या आईपरे फलस्वरुप दुई -दुई पटक कान्तिपुर  छाडेका उनलाई  कान्तिपुरले पुनः फिर्ता गरेको हो ।

टेलिभिजन करिअरको सुरुवाती दौरानमा कल कान्तिपुर नामक कार्यक्रम चलाएर लोकप्रियता हासिल गरेका ठकुरी पछिल्लो समय ईट्स माई शो कार्यक्रम सञ्चालन गरेर झनै चर्चित भएका थिए । तर उनी फिर्ता भएसँगै उनको परिकल्पनामा सुरु गरिएको कार्यक्रम ईट्स माई सोको आगामी एपिसोडमा ओसिन सिटौला देखिनेछिन वा ठकुरीले आफ्नो कुर्सी फिर्ता लिनेछन त्यो भने हेर्न बाँकी छ । 

कान्तिपुरले टिभिले सिईओमा भने महेश स्वारलाई नियुक्त गरेको छ । 

 

Leave a Reply