काठमाण्डौँ । गत षौष २६ गते देखि प्रर्दशनमा आएको दयाहाङ राईको फिल्म ‘कार्साङ ‘ बक्स अफिसमा असफल भएको छ ।
यध्यपी फिल्म निर्माण यूनिटले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको भनेर दावी चाँहि गरिरहेको छ । गत बर्षको अन्त्य चैत्र ३० गते रिलिज भएको डिग्री माइला देखि कार्साङ सम्म आउँदा यो बर्ष दया अभिनित पाँच वटा फिल्म प्रर्दशन भईसकेका छन तर यो लिष्टमा कार्साङको कलेक्सन सवै भन्दा कमजोर हो ।
उत्कृष्ट कथा पाएर पनि अपेक्षा गरिए अनुरुपको फिल्म नबन्नू र पब्लिसिटी समेत कमजोर भैदिनाले कार्साङ असफल भईदियो । यध्यपी निर्माताले सार्वजनिक गरेको डेढ करोडको कलेक्सन र यसका अन्य राईटस विक्रिबाट आउँने रकम जोड्दा समेत फिल्मले ब्रेकईभन पोइन्ट पुर्याउने अवस्था कमजोर देखिन्छ
।
कार्साङ अघि चैत्र ३० मा डिग्री माइला , बैशाख २१ म मनसरा, जेठ १८ मा गाउँ आएको बाटो र असार २८ दयाहाङको घरज्वाइँ रिलिज भएका थिए । यि सवै फिल्म एक न एक हिसावले सफल नै रहे । जस मध्ये कमजोर समीक्षाका बाबजुत पनि सवै भन्दा बढी नाफा भने डिग्री माइलाले गर्यो । अन्यले निर्मातालाई करिब- करिब जोगायो तर कार्साङले त्यो अवस्था पुर्याउने अवस्था देखिन्न ।
यो बर्ष दयाहङको अझै चार वटा फिल्म प्रर्दशनको तयारीमा छन । घरज्वाइँ रिलिज पछि बीचको श्रावण , भदौँ र असोज महिनामा उनका नयाँ फिल्म आएनन । १ सय २८ दिनको ग्याप पछि पौष २६ मा कार्साङ आयो । यो माघको महिनामा पनि उनको फिल्म छैनन तर फाल्गुनको दोश्रो दिन दुखी आत्मा लाग्दैछ । त्यसपछि फाल्गुनको २९ गते अन्जिला छ । चैत्रको १ गते पूजा सर- राजागंज छ भने चैत्र २९ मा पिताम्बर छ । त्यसपछि ठीक १४ दिनपछि नयाँ बर्ष २०८२ सालको बैशाख १२ गते भूठान रिलिज हुनेछ ।