काठमाण्डौँ । लोकप्रिय डान्स ग्रुप कार्टुन क्रुजका प्रमुख डान्सर सरोज अधिकारीले निर्माण गरेको नयाँ वेब सिरिज ‘द लाष्ट ट्रिप -अन्तिम यात्रा “ युट्युबाट हटाईएको छ ।
नेपालकै पहिलो जम्बी सिरिजका रुपमा प्रसारण सुरु गरिएको उक्त सिरिजको पहिलो एपिसोडमा दर्शकबाट आएको प्रतिक्रिया र जुन स्थानमा छायाँकन भएको थियो त्यहाँका स्थानीयले गुनासो गरेको भन्दै सरोजले उक्त सिरिजको पहिलो एपिसोड हटाउन बाध्य भएको एउटा भिडियो सन्देशमा बताएका छन ।
सिरिजको टिजर भने अझै यथावत छ कार्टुन क्रुजको च्यानलमा । माफी मागेको भिडियो सन्देशमा सरोजले सिरिजको पहिलो एपिसोड हटाईएको र सुधारेर भबिष्यमा पुन रिलिज गर्ने प्रयाश गर्ने बताएका छन ।
मुख्यतया आश्मा विश्वकर्मासँग सरोजको सहकार्य टुटेटेपछि यतिखेर उनीहरुका फ्यान पनि बाढिएका छन सोही अनुरुप सरोज र आश्माका नयाँ कामहरुमा फ्यानहरुले विविध प्रश्न गर्दै अनेक असन्तुष्टीहरु व्यक्त गरिरहेका छन ।
जारी नयाँ सिरिजमा ज्यादा गाली खानुको पहिलो कारण यो पनि भैदियो कि, आश्मा हटाएर सिरिजको मुख्य अभिनेत्रीका रुपमा सेजल गौतमलाई भित्राए सरोजले ।
अर्को प्रमुख कारण यो सिरिजमा एडल्ट कन्टेन्ट भनिएपनि यसमा प्रयोग भएका डाइलगहरु यति क्रिन्ज थिए कि एडल्टहरुलाई पनि पचाउँन गार्हो भयो । जसले गर्दा अत्याधिक गालीको बर्षा सहन नसक्दा सरोजले यो नयाँ सिरिज हटाउनु परेको हो ।
राम्रो पक्ष चाँहि के हो भने क्लिशे डाईलग बाहेक सरोजको र उनका साथीहरुको काम प्रसंनसनीय थियो । नयाँ कन्सेप्टमा सरोजको काम गर्ने शैली निकै राम्रो छ । उनी फिचर फिल्मको राम्रो निर्देशक बन्न सक्ने प्रबल सम्भावना बोकेका व्यक्ति हुन । तर उनलाई गाइडेन्सको जरुरी छ । यो सिरिजको कास्टिङ सेटअप र प्रेजेन्टेशनमा निर्देशक अधिकारी सफल थिए । तर समस्या त्यही भईदियो अपाच्य डाईलगको प्लेसमेन्टमा उनी चुके । आगामी दिनमा यस्तै कुराहरुमा सुधार गरेर सरोजले नयाँ कन्टेन्ट ल्याउँन सकेमा उनी नेपाली रजतपटका चम्किला निर्देशक बनेर उदाउन सक्छन ।
सरोजले निकालेको Zombies Series भन्नुको अर्थ यस्तो सिरिज हो, जसले जम्बीहरू (मरेका तर जिउँदो जस्तो देखिने पात्रहरू) को कथा प्रस्तुत गर्छ। यस प्रकारका सिरिजहरूमा जम्बीहरूको डर लाग्दो कथा, तिनीहरूको आक्रमण, र मानिसहरूले उनीहरूसँग कसरी बाँच्न संघर्ष गर्छन् भन्ने देखाइन्छ। यो प्रायः साइफाइ, हरर, वा थ्रिलर विधामा आधारित हुन्छ। नेपालमा “Zombies Series” पहिलो पटक निर्माण भएको थियो । तर विडम्बना अहिले हटाउँन बाध्य भए सरोज ।